0 COMMENTS

खोटाङ ०२असार०७५/ उपन्यासकार लीलबहादुर क्षेत्रीले गाउँका शोसक सामन्तले उठिबास लगाएका कारण निम्नवर्गीय किसान बसाइँ सर्न बाध्य भएको कथा बुनेर ६ दशकअघि दशकअघि ‘बसाइँ’ ९२०१४० उपन्यास लेखेका थिए। यति बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका किसान पनि बसाइँ सर्नुपर्ने बाध्यतामा छन्। तर कारणको रुप भने फरक छ। शोषक सामन्तका कारण होइन, दोर्पा चिउरीडाँडाका किसान बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था आइलागेको छ।

खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि दोर्पा चिउरीडाँडाका किसान हैरान भएका छन्। बाँदरले खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली सखाप बनाइदिएको उनीहरुको गुनासो छ। आजको नागरिकमा समाचार छ ।

हुलकाहुल आउने बाँदरले बर्सेनि मकैका सुत्ला च्यात्ने, घोगा नष्ट गर्ने, गहुँ, कोदोको बीउ उखेल्ने, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरा नष्ट गर्ने हुँदा हैरानी खेप्नुपरेको स्थानीय पद्म हिङमाङले बताए। बाँदरले खेतबारीको अन्नबाली सखाप बनाएपछि खाने कुराको अभावमा बसाइँ सर्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ। गाउँका केही घरपरिवार बसाइँ सर्ने तयारी गरेको स्थानीयले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।