0 COMMENTS

काठमाडौँ०२असार०७५ / पाेथी ‘श्रीदेवी’काे निधन भएपछि एक्लै बिरक्तिएको ‘रङ्गिला’ नामकाे भाले भालु भारतलार्इ दिने निर्णय भएकाे छ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको उक्त भाले भालु भारतलाई दिने निर्णय बिहीबारकाे मन्त्रिपरिषद बैठकले गरेकाे हाे ।

(‘रंगिला’ भालु, सदर चिडियाखानामा) 

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले साइटिस सन्धिकाे प्रावधानअनुसार भारतलार्इ बुझाउन लागेकाे बताए । उक्त भालु यसअघि भारतकै रहेकाे समेत उनले जानकारी दिए ।

कसरी अायाे सदर चिडियाखानामा ?

भालु रंगिला र श्रीदेवीकाे जाेडी गत मंसिरमा रौतहटबाट नियन्त्रणमा लिर्इ सदर चिडियाखानामा राखिएकाे थियाे । भालु नचाउने पेशासँग सम्बन्धित व्यक्तिहरुले ती भालु अनअधिकृत प्रयोग गरिरहेको पशु अधिकारकर्मीहरुकाे उजुरीपछि उक्त भालुकाे जाेडी नियन्त्रणमा लिएर कार्यालय पर्साले चितवन राष्ट्रिय निकुन्जलाई हस्तान्तरण गरेकाे थियाे। पछि सदर चिडियाखानामा ल्याइएकाे बताइन्छ ।

रंगिला नामक भालु १९ वर्षीय तथा श्रीदेवी नामक पाेथी १७ वर्षकाे रहेकाे जनाइएकाे थियाे । तर सदर चिडियाखानामा ल्याएको केही हप्तामा नै जण्डिस लागेर पोथी भालु श्रीदेवीकाे मृत्यु भएपछि खाेरमा रहेकाे भालु रंगिला निकै विरक्तिएकाे थियाे । पशु अधिकारकर्मीहरूले समेत उक्त भालुलाई त्यसरी थुनेर राख्न नहुने र साे भालु भारतबाट ल्याइएकाे हुँदा भारतलार्इ नै हस्तान्तरण गर्न भन्दै लबिङ गर्दै अाएका थिए ।

रंगिला र श्रीदेवी नाम ती भालु ‘स्लोथ प्रजाति’का मानिन्छन्, जुन विश्वमै दुर्लभ भालुहरुको एक प्रजाति हो । खतरामा परेका तथा दुर्लभ वन्यजन्तु एवं वनस्पतिसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि साइटिस सन् १९७५ जुलाई १ देखि लागू भएको हो। सन्धिमा नेपाल र भारतकाे समेत हस्ताक्षर छ। सन्धि बमोजिम जुन देशको वन्यजन्तु हो त्यही देशमा फर्काउनु पर्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।