0 COMMENTS

काठमाडौं०१असार०७५/ शुक्रबार रूसको एकाटिरिनवर्गमा भएको विश्वकपको तेस्रो खेलमा इरानले मोरोक्कोलाई १–० गोलले हराएको छ । दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोको आत्माघाती गोल भए पछि इरान बिजयी भएको हो । खेल अवधिभर मोरक्कोले इरानलाई दवावमा राखेको थियो । खेलमा दुवै टिमले राम्रा अवसर गुमाए । नेपाली समय अनुसार साझ ८ः४५ बाट मोरक्को र इरानबीच खेल सुरु भएको थियो ।

बिहीबारबाट सुरु भएको खेलमा अहिलेसम्म रुस, उरुग्वे र इरान बिजयी भएका छन् । मोरक्को र इरानबीच भएको खेल आजको दोस्रो खेल हो । त्यस्तै आज राती ११ः ४५ बजेबाट पोर्चुगल र स्पेनबीच खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।