0 COMMENTS

रमिला बस्नेत ,काठमाडौं ,असार १ / विगत एक वर्ष अगाडि धनकुटाकाे डाडा गाउँ घर भएका तिलक स्माईलि मगरले  पाँच करोड रूपैया ठगीगरी  फरार रहेका नीज  मगर लाइ काठमाडौंमा पक्राउ गरेकाे छ ।

त्रिवेणी स्कुलका पुर्व शिक्षक र सहयात्री काेअपरेटिभका अध्यक्ष समेत रहेर सम्मानीत समेत भएका मगरले पाँच करोड लिएर फरार रहेको सहयात्री काेअपरेटिभका सदस्य  सुदिप पाण्डेले बताएका छन् । मगर विगत एक वर्ष देखिनै बिभीन्न स्थानमा  लुकि छिपि बस्दै अाएकाे र उनकाे नेपाल प्रहरी लगाएत सहयात्री काेअपरेटिभका सदस्यहरूबाट विगत ६ महिना देखिनै  तीब्ररूपमा खाेजि गरिएको थीयाे ।मगरले काेअपरेटिभकाे ९० लाख हिनामिना गर्नुका साथै नारायण विक लगायत अन्य व्यक्तिहरुकाे साडे ४ कराेड रूपैया  हिनामिना गरेकाे प्रहरिले बताएकाे छ।
मगरलाई सहयात्री काेअपरेटिभका सदस्य  सुदिप पाण्डेले काठमाण्डाैमा बाेलाएर पक्राउ गरेका थीए । मगरलाई पक्राउ पछि गृह जिल्ला धनकुटा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।