0 COMMENTS

भक्तपुर, ३१ जेठ०७५/ स्थानीय सल्लाघारीमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् ।

नयाँ ठिमीबाट सल्लाघारीतर्फ जाने क्रममा सडकका रहेको चौपायासँग ठोक्किनबाट जोगिन खोज्दा बा ५५ प २५२७ नं को मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक गुल्मी घर भई भक्तपुर बस्दै आएका १८ वर्षीय किरण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार बागलुङ घर भई भक्तपुर बस्दै आएका २१ वर्षीय सुन्दर खड्काको भक्तपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।