0 COMMENTS

एजेन्सी३१जेठ०७५/  अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन्ने सेताे बिरालोले विश्वकपको उद्घाटन खेलमा अायोजक रुसले जित्ने भविष्यवाणी गरेको हाे।

अाज राति पौने ८:४५ बजे रुस र साउदी अरेबियाले यस विश्वकपकाे पहिलाे खेल खेल्दैछन् । बुधबार बिरालाेमार्फत गराइएकाे भवष्यवाणीमा रूसले जित्ने बताइएकाे हाे । दुर्इ देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो ।

कान नसुन्ने उक्त बिरालोलार्इ विश्वकपको भविष्यवाणी गर्ने अाधिकारिक जनावरको मान्यता दिइएको छ। यसअघिका केही भविष्यवाणी मेल खाएपछि उक्त बिरालाेलार्इ विश्वकपमा अाधिकारिक भविष्यवाणीका लागि ल्याइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।