0 COMMENTS

राजविराज, ३० जेठ ०७५/ पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

सो दुर्घटनमा परी ट्रक चालक धनुषा बागुदवार–१ निवासी २८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ९८८ नम्बरको ट्रक आफँै अनियन्त्रित भई दुर्घटना हँुदा ट्रक चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । दुर्घटनमा परेका ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।