0 COMMENTS

काठमाडौं३०, जेठ ०७५/संखुवासभाको खाँदबारी-९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

कार्यालयभन्दा टाढै बनमाराको झाडीमा बिस्फोट भएकाले कुनै क्षति भएको छैन ।बम फ्याँक्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणको पूर्वसन्ध्यामा गत वैशाख १६ गते कम्पाउन्ड वालमै बम प्रहार भएको थियो । नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले काठमाडौंबाटै अरुण तेस्रोको शिलान्यास गरेका थिए ।

अरुण तेस्रो जलविद्युत आयोजना ९ सय मेगावाट क्षमताको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।