0 COMMENTS

आजकाल कम उमेरमा नै कपाल फुल्ने समस्याले धेरै मान्छे चिन्तित हुने गर्छन् । यस्तो समस्याको सिकार तपाई हामी पनि हुन सक्छौं । बिभिन्न किसिमका कपाल रङ्ग्याउने उपाए हरु अपनाए पनि सबै क्षणिक हुने र यसले झनै कपाल दुख्ने जस्ता अनेक समस्या पनि निम्त्याउने हुदा यो त्यति फाइदजनक हुदैन ।
सबैलाई थाह नहुन सक्छ कपालमा मेलनिन नाम को पिग्मेंट पाइन्छ जुन उमेरको वृद्दी संगै नष्ट हुने गर्दछ र हाम्रो कपाल फुल्न थाल्छ । तर कसैकसैको भने कम उमेरमै मेलनिनको मात्रा घट्ने गर्छ जसले गर्दा यस्तो समस्या देखिन सक्छ ।
तर आयुर्वेद अनुसार केही यस्ता उपाएहरु छन जसले यस्तो समूस्याबाट तपाइ हामीलाई छुटकारा दिन सक्छ । जानी राखौं के रहेछन त ती उपायहरु ?

१ अमला कपाल लाई कालो बनाउनमा रामवाण सावित भएको मानिन्छ । अमलाको रसलाई बदामको तेलसंग मिसाएर लगाउनाले कपाल कालो हुन्छ ।
२ अदूवालाई पिसेर यसमा मह मिसाउने र यसरी तयार भएको पेस्टलाई हप्तामा दुई पटक लगाउने गरेमा पनि कपाल कालो हुन्छ ।
३ प्याजको रसलाई कपालको जरासम्म लगाउनाले पनि कपाल कालो हुने गर्छ ।
४ मेहेंदी र मेथीलाई पिसेर पेस्ट बनाउने र त्यसमा केही मात्रामा दूध वा नरिवलको तेल मिसाएर कपाल लाई मालिस गर्ने गरेमा धेरै फाइदाजनक रहन्छ ।
५ कपाललाई दैनिक तोरीको तेलले मालिस गरेमा कपाल फुल्नबाट बच्न सकिन्छ ।
६ फुलेको कपाल लाई दैनिक कालो कफी अथवा कालो चियाले धुने गरेमा पनि कपालको रङ्ग कालो हुन थाल्छ ।
७ सेतो कपालमा घ्युकुमारी लगाउने गरेमा पनि धेरै फाइदा हुन्छ ।
८ दहीमा मेहेंदी मिलाएर बनाएको पेस्ट हप्तामा दुई पटक लगाउने गरेमा पनि फुलेको कपाल कालो हुन थाल्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।