0 COMMENTS

काठमाण्डाै२३जेठ०७५/ बूढानिलकण्ठ नगरपालिका वडा -३ मा रहेको बूढानिलकण्ठ मिनी बस सेवा समिती खारेज भर्इ शिवपुरी बूढानिलकण्ठ यातायात प्रा.लि भएको छ । बूढानिल्कण्ठ नगरपालिकामा दशकौ देखी यातायात सुविधा दिदैं आएको उक्त समिती नेपाल सरकारको सिन्डिकेट अन्त्यको निर्णय पस्चात समिती खारेज भर्इ शिवपुरी बूढानिलकण्ठ यातायात प्रा. लि मा परीवर्तन गरीएकाे छ ।

शिवपुरी बूढानिलकण्ठ यातायात प्रा.लि भएको केहि समय नहुँदै नगरवासीको सुविधाको मध्य नजर गर्दै उक्त संस्थाले १० वटा अत्याधुनिक बस बूढानिलकण्ठ भित्रायकाे छ भने उक्त बसहरूमा  एलसिडी स्क्रीन सहीत  जिपिएस ,सिसिटिभी  जडान गरीएकाे छ । नगरवासीको माग बमोजिम भविष्यमा थप ठुला बसहरु पनी थपिने योजना रहेको शिवपुरी बूढानिलकष्ठ यातायात प्रा.लि ले जानकारी दिएको छ ।फाेटाेः बिकाश लामा 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।