0 COMMENTS

मिलन चाम्लिङ, धरान,२२जेठ०७५/  हिबिस्कस इङलिस बोर्डिङ स्कुलमा अध्यनरत विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप गर्नको लागि गठन गरेको हिबिस्कस स्टुडेन्ट चाइल्ड क्लबको आयोजनामा बिश्व बाताबरण दिवस मनाएका छन ।

विश्व बाताबरण दिवसका अवसर पारेर बिधालयमा बिधालयको बाताबरण स्वस्थ र सफा राख्न सरसफाइमा सहयोग गर्ने तीन जना परिचालिका तिर्था राई,फुलमाया भारती र कुमारी भट्टराईलाई बिधालयको बाताबरण स्वस्छ र सफा राख्न सहयोग गरेकोले सम्मान गरेको थियो ।

बिधालयका प्रधानाध्यापक सुर्य बहादुर राईले बिधालयले गर्नु पर्ने काम विद्यार्थीहरुले गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिन पनि यस्तै अतिरिक्त क्रियाकलाप गर्न बिद्यार्थिहरुलाई सुझाव दिदै हामी सबैले आफ्नो वरपरका बाताबरण सरसफाइ गरे बाताबरण सधै स्वस्छ र सफा रहने बताए ।आधुनिकरणको नाममा बाताबरणमा भैरहेको असरलाई निर्मुल पार्न बिद्यार्थीहरु नै अग्रसर भएर लागि पर्नु पर्ने र विद्यार्थीहरुले गरेको सम्मानलाई मनन गरेर सम्मानित हुनु हुने बिधालय सहयोगीहरुलाई अझ बिधालयको बाताबरणलाई स्वस्छ र सफा राख्न बिधालय कोडिनेटर शुरेस राईले अनुरोध गरेका छन।

सधै बिधालयको बाताबरण स्वस्छ सफा राखी बिद्यार्थीलाई पढ्ने बाताबरण सिर्जना गर्न सहयोग पुर्याए बापत सम्मान गर्न पाएकोमा खुसी रहेको अझ हामी विद्यार्थीहरुलाई बिधालय सरसफाइ गरेर हाम्रो बिधालय स्वस्छ र सफा बिधालय भनेर सधैव गर्व गरिरहने बाताबरण सिर्जना गरिदिन समेत हिविस्कस स्टुडेन्ट चाइल्ड क्लबका अध्यक्ष रोजिना लोहनीले आग्रह गरेका छन।कार्यक्रम आकृती भट्टराईले संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।