0 COMMENTS

काठमाडौं १३जेठ०७५/ गायक शिव परियार दुर्घटनामा परेका छन् । राजधानीको बसुन्धारामा आइतबार बिहान भएको मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् ।

उनले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।बसुन्धारा स्थित ग्रांडी अस्पतालमा उपचार गराइरहेका परियारको दाहिने खुट्टामा चोट लागेको बताइएको छ ।उनको मोटरसाइलको पछाडी अर्का गायक कर्णराज गिरी समेत सवार थिए । गिरी भने सामान्य उपचारपछि घर फर्किने फर्किएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।