0 COMMENTS

फिदिम१२जेठ०७५/ पाँचथरमा एकजना प्रहरी जवानले झुण्डीएर आत्माहत्या गरेका छन् । स्थाई घर इलाम भई हाल पाँचथरको फिदिममा कार्यरत मानबहादुर विष्टले आत्महत्या गरेको पाँचथर प्रहरीले जनाएको छ । ३६ वर्षीय विष्ट फिदिम नगरपालिका–८, मा रहेको तमाखे प्रहरी चौकीमा कार्यरत प्रहरी जवान हुन् ।

उनले शुक्रबार राति ११ वजे प्रहरी चौकीदेखि एक सय मिटर टाढाको दूरीमा रहेको जङ्गलको रुखमा झुण्डिएर आत्महत्या गरेको पाँचथर प्रहरीले जनाको छ । विष्टले स्थानीय एक किशोरिलाई जिस्काएको भन्दै किशोरीका आफन्तले शुक्रबार साँझ प्रहरी चौकी तमाखेमा मौखिक उजुरी दिएका थिए ।

किशोरीको आफन्तको मौखिक उजुरीको आधारमा विष्टलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय फिदिममा ल्याउन त्यहाँका प्रहरी इन्चार्जलाई आदेश दिएको ३ घण्टामै विष्टले आत्महत्या गरेको प्रहरी निरीक्षक प्रकाश गुप्ताले बताउनुभयो ।यसबारे थप अनुसन्धान भईरहेको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।