0 COMMENTS

कल्पना बोहरा, अछाम ११ जेठ/बिगत १३ बर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरीएको छ । विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले परीक्षण गरेको हो । समिट एयरको जहाज बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साफेबगर विमास्थल साँफेबगर बिमान स्थलमा अवतरण भएको थियो ।

तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो । बीचमा केही समय विमानस्थल सञ्चालन आएपनि पुन २०६३ साल देखि पूर्णरूपमा बन्द विमानस्थल गौचरणमा परिणत भएको थियो । निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पुरा भएको बताएको छ । विमानस्थलको ५ सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरीएको छ । विमानस्थलको भ्याटसहित ११ करोड ५० लाखको लागतमा कालोपत्रे भएको छ । पहाडी क्षेत्रका विमानस्थल मध्ये साफेबगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ । पाईलट एडी शेर्पाले विमानस्थल एकदमै राम्रो भएको र दुई दिनमै आफु सरकारलाई प्रतिवेदन बुझाउने बताउनु भयो । अनुमती पाए आफु विमान ल्याण्ड गर्न तयार रहेको बताउनु भयो ।

यस्तै साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले सरकारले साँफेबगर विमानस्थललाई आफ्नो सय दिनको भित्रको कार्य अन्र्तगत राखेर विमान अवतरण गर्नु भएकोमा खुशि ब्यक्त गर्नु भयो । नगर प्रमुख कुँवरले जहाज विमानस्थलको विचबाटै अवतरण गरेको कारणले उडानका लागि विमान स्थल उपयूक्त रहेको सजिलै अनुमान गर्न सकिने बताउनु भयो ।

प्रदेश ७ को २ वटा विमानस्थल रहेको एक मात्र पहाडी जिल्ला अछाम हो । अछामको मुख्य व्यापारिक केन्द्र साफेबगर र कमल बजारमा गरी दुई स्थानमा विमानस्थल छन् । जिल्लामा २ वटा विमानस्थल भए पनि कुनै पनि सञ्चालनमा नहुँदा स्थानीयले लाभ लिन सकेका छ्रैनन् । विमानस्थल सुचारु भए आवतजावतमा सजिलोका साथै विमानस्थल सुचारु भएपछि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्नेमा कमी आउने स्थानिय बासीको बुझाइ छ । २०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालनमा रहेको थियो । तर, कमलबजार विमानस्थल सञ्चालनका लागि भने कुनै पनि पहल नहुदा गौचरणमा परीणत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।