0 COMMENTS

मिलन चाम्लिङ,धरान१०जेठ०७५/ टिम होप धरानको आयोजनामा पर्यटन ब्याबसायीलाई मोटिभेसन गर्ने र युबाहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ पत्राङबारी देबिगाउँ धरानमा जेठ १२ गते मोटिभेषनल साइकिलिङ रेस हुने डिपो आदर्श माध्यमिक बिधालय धरानमा बुधबार पत्रकार सम्मेलन गर्दै टिम होप धरानका उपाध्यक्ष दिपक राईले बताएका छन।

१६ बर्ष मुनिको र १६ बर्ष माथिको छुट्टाछुट्टै समूह गरेर मोटिभेषनल साइकिलिङ रेस दुई समुहमा बिभाजन गरेर संचालन हुनेछ ।रेस टिम होप धरानले सन २०१६ देखि हरेक बर्ष निरन्तर युबाहरुलाई प्रोत्साहन गर्ने साथै धरानको पर्यटन ब्याबसायीहरुलाई मोटिभेसन गर्ने उदेश्यका साथ आयोजना गर्दै आएको छ।कार्यक्रमलाई हरेक वर्ष नयाँ तरिकाले गर्दै लाने र यो वर्ष विभिन्न बिधालयको गरि ४० जना भन्दा बढी सहभागी हुने बताएका छन।उक्त प्रतियोगिता बिहान ११ बजे देखि सुरु हुने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।