0 COMMENTS

मिलन चाम्लिङ,धरान१०जेठ०७५/  सिराहाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस सुनसरीको इटहरी १ स्थित बरगाछी होम्स नजिकै पल्टदा एक युवकको घट्ना स्थलमै मृत्यु भएको छ । तिब्र गतिमा आईरहेको बसले सडकको यात्रु जोगाउँने क्रममा दुर्घट्ना भएको प्रहरीले बताएको हो । दुर्घट्नामा करीब ३० जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

सिराहाबाट सुनसरीकाे धरान आउदै गरेको ना ४ ख ४२५८ बस दुर्घटना भएको हो बसमा सवार अधिकांश यात्रु घाईते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा प्राप्त हुन साथ घट््ना स्थलमा तत्काल प्रहरी नायव उपरीक्षक शिव कुमार श्रेष्ठको कमाण्मा प्रहरी टोेली खटिई गई उद्धार गर्ने क्रममा जिल्ला सिरहा सिरहा नगरपालिका–१९ बस्ने वर्ष ६५ को राम आषिश यादबको घटना स्थलमानै मृत्यु भएको र सोहि बसमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा ल्याएर सोही बसका चालक जिल्ला सिराह अर्नाहा–३ बस्ने वर्ष ३२ को गंगाराम महतो इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको छ ।

प्रहरीका अनुसार घाईत हुनेहरुमा सप्तरी कन्चनपुर ८ वस्ने ३५ बर्षिय सुनितादेवि राउत, सिराह धनगडि १० का ७० धन ब. मगर, धनगडी. ८ कै ५० वर्षिय आग्देवि यादव, सुनसरी ईनरुवा ५ बस्ने ४७ वर्षिय कल्पन पोख्रेल,सिराह गोलबजार १९ वर्षिय सुनिल राना,.सिराह गोलबजार न.पा.२ की ३५ वर्षिय सुनिता यादव,.सुनसरी हरिपुर ५ का २५ वर्षिय जिप्सि कूमार.महतो लगायत रहेका छन । त्यस्तै दुर्घट्ना हुनेहरुमै सुनसरी हरिपुर ५ का ५० वर्षिय सुर्यदेव महतो, सुनसरी ईनरुवा वडानम्वर ५ का २४ वर्षिय सुवास ढकाल,.सप्तरी कनचनपुर ४ का ५० वर्षिय रामललित पास्वान, सुनसरी धरान .६ पानमारा वस्ने ४८ वर्षिय पुस्पा काफ्ले, सिराह लक्षमिपुर २ बस्ने ४० वर्षिय भिजिलाल यादव,.सिराहक हरि कुमार यादव, सप्तरी कन्चनपुरका गजेन्द्र प्र.शाह, सुनसरी ईनरुवा ६१ बर्षिय राम प्रसाद दाहाल, सिरहा धनगडिका ५२ वर्षिय चन्द्रदेव यादबको पहिचान खुलेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । अन्य घाईतहरुको नाम संकलन कार्य भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।