0 COMMENTS

काठमाडौँ, ८ जेठ ०७५/ बुटवल पावर कम्पनीको २५ औं वार्षिक साधारणले सर्वसाधारण शेयरधनीको तर्फवाट दुई जना सञ्चालकहरुको प्रतिनिधित्व हुने व्यवस्था गर्दै सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

कम्पनीको आज सम्पन्न २५औँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । कम्पनीले केही समय पहिले एफपिओ बिक्री गरेपछि चुक्ता पुँजी रु दुई अर्ब २१ करोड पुगेको छ । कम्पनीमा ८८ हजार शेयरधनी छन् । कम्पनीले आर्थिक वर्ष २०७३÷७४ मा रु ६६ करोड ८० लाख मुनाफा कमाएको थियो ।

उक्त मुनाफाबाट नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको गत चैत २५ गते बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको थियो । कम्पनीले केही दिनअघि मात्रै चिनियाँ साझेदार लगायतको संयुक्त लगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने योजना अघि सारेको छ ।

कम्पनीले मनाङमा ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी र २८२ मेगावाटको मनाङ–मस्र्याङदी निर्माण गने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।