0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ०६जेठ०७५/नेपाली भाषा साहित्यकाे उत्थान ,अग्रज साहित्यिक स्रष्टा लाई सम्मान र नवप्रतिभा हरुलाई प्राेत्साहन लिस्नाे साहित्यिक मञ्च लमजुङको अभियान मुल नाराका साथ लिस्नाे साहित्यिक मञ्च लमजुङले सुन्दरबजार नगरपालिकाकाे फेदिकुना स्थित लालिगुँरास बाेर्डिङ स्कुलमा अाज एक साहित्यिक कार्यक्रमकाे अायाेजना गर्याे ।

जिल्लाकाे ४ गाउँपालिका र ४ नगरपालिकामा साखा बिस्तारकाे अभियान संगै रचना वाचन कार्यक्रम पनि भएको थियोे । कार्यक्रममा साहित्यिक स्रष्टाहरुले नेपाली भाषा नेपाली माैलिकता लाेप हुदै गएकोमा चिन्ता ब्यक्त गरेका थिय । कार्यक्रममा बाेल्दै साहित्यिक स्रष्टा यबं प्रमुख अतिथि कृष्ण शरण उपाध्यायले साहित्यकाे बिभन्न बिधाकाे बारेमा स्पष्ट पार्दै साहित्यकाे उत्कृष्ट बिधा छन्द भएको जानकारी दिनुभयो साथै साहित्यकाे साधनामा डुब्नेहरु लाई भाेक र तिर्खा समेत नलाग्ने भन्दै अाफ्नाे अनुभव सुनाउनु भएको थियो । कार्यक्रमा स्वागत मन्तब्य दिदै अतिथि लालिगुँरास बाेर्डिङका प्रिन्सिपल श्रि कृष्ण अधिकारीले अाफु निजी बिद्यालयकाे शिक्षक भएपनि नेपाली भाषा लाई लाेप हुन दिन हुदैन भन्ने पक्षमा रहेको जानकारी दिनुभयो ।

अंग्रेजी माध्यममा पढाइ भएपनि नेपाली भाषाकाे पनि उत्तिकै संरक्षण हुनुपर्छ भन्ने धारणा अाफ्नाे रहेको स्पष्ट पार्नुभयाे । कार्यक्रमकाे उद्देश्य अाैचित्य र भाबि याेजनाका बारेमा जानकारी दिदै लमजुङका बरिस्ठ छन्द कवि बासुदेब थापाले साहित्य देशकाे राष्ट्रियता संग जाेडिएकाे बिषय भएकाेले साहित्य कमजोर भय राष्ट्रियता कमजोर हुने बताउनुभयो । बिदेशीहरुमा अाफ्नाे देशकाे भाषा साहित्य धर्म अत्यन्तै प्याराे लाग्ने तर नेपालीहरुमा त्यस्तो नदेखिएको पुर्बिय दर्शनको अनुसरण पश्चिमाहरुले गरेर बिकास गरिसके तर हामीले यसलाई महत्त्व नदिएकाे तर्क गर्नुभयो । कार्यक्रममा लिस्नाे साहित्य मञ्च लमजुङका अध्यक्ष बसन्त अधिकारीले प्रमुख अतिथिलाई मायाकाे चिनाे प्रधान गर्नुभयो ।

कार्यक्रममा साहित्यिक स्रष्टाहरु तिर्थ अधिकारी ,रघुनाथ अधिकारी ,संचारकर्मि रुद्रहरि ढकाल ,देबिदास बराल , साेमराज बराल , हाेत राज ढकाल ,युवराज खनाल ,लक्ष्मि मिश्र,काजि बस्नेत ,लाेकहरि मरहठ्ठा , कमला दनाइ ,सुनिल बसाैला लगाएतले अा अाफ्नाे रचना वाचन गर्नुभएको थियो । कार्यक्रमकाे अध्यक्षता मञ्चका अध्यक्ष बसन्त अधिकारिले गर्नुभएको थियाे भने शुभकामना मन्तब्य मञ्चका सचिव बासुदेब सेढाई र सहजिकरण काेषाध्क्ष पुर्णदेबि न्याैपानेले गर्नुभएको थियोे । लक्ष्मीप्रसाद मिश्रकाे अध्यक्षतामा लिस्नाे साहित्यिक मञ्च सुन्दरबजार उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।