0 COMMENTS

पुरानो आयुर्वेद ग्रन्थमा छोरा वा छोरी प्राप्तिका लागि दिन–रात, शुक्लपक्ष–कृष्ण–पक्ष तथा महिनावारीका दिनबाट १६औं दिनसम्मको महत्व उल्लेख गरिएको छ। धर्मग्रन्थमा पनि यस विषयमा विभिन्न कुरा उल्लेख गरेको पाइन्छ ।

यदि तपाई पनि छोरा वा छोरी प्राप्त गर्न चाहनु हुन्छ र त्यो पनि गुणवान भने यहाँ महिनावारीपछिका विभिन्न रातहरुको महत्वपूर्ण जानकारी प्रस्तुत छ। यो गणना महिनावारी सकिएपछि स्नान गरेर सुरु हुने गर्दछ ।

–चौथो रातको गर्भबाट जन्मने पुत्र अल्पायु र दरिद्र हुने गर्दछ ।

–पाँचौ रात्रिको गर्भबाट जन्मिएको कन्या भविष्यमा मात्र छोरी जन्माउने खालका हुन्छन् ।

–छैटौ रात्रिको गर्भबाट जन्मने सन्तान मध्यम आयु भएको छोरा हुनेछ ।

–सातौ रात्रिको गर्भबाट जन्मने छोरी निःसन्तान हुन्छन् ।

–आठौ रातको गर्भबाट जन्मने छोरा ऐश्वर्यशाली हुन्छन्।

नवौं रातको गर्भबाट जन्मने छोरी ऐश्वर्यवान हुन्छन्।

–दसौं रात्रिको गर्भबाट जन्मने छोरा चतुर हुन्छन्।

–एघारौं रात्रिको गर्भबाट जम्ने छोरी चरित्रहीन हुन्छन्।

–बाह्रौ रात्रिको गर्भबाट जन्मने छोरा पुरुषोत्तम हुन्छन् ।

–तह्रौ रात्रिको गर्भबाट जन्मने छोरी वर्णशंकर हुन्छन्।

–चौधौं रात्रिको गर्भबाट जन्मने सन्तान उत्तम छोरा हुन्छन् ।

–पन्ध्रौं रातको गर्भबाट जन्मने छोरी सौभाग्यवती हुन्छन्।

–सोह्रौ रात्रिको गर्भबाट जन्मने छोरा सर्वगुण सम्पन्न हुने गर्दछन्।

व्यास मुनिले यही सूत्रका आधारमा अम्बिका, अम्बालिका तथा दासीसँग समागम गरेका थिए । जसबाट धृतराष्ट्र, पाण्डु तथा विदुरको जन्म भएको थियो । महर्षि मनु तथा व्यास मुनिको उक्त सूत्रको पुटि स्वामी दयानन्द सरस्वतीले आफ्नो पुस्तक ‘संस्कार विधि’मा स्पष्ट रुपमा उल्लेख गरेका छन् । प्राचीनकालका महान चिकित्सक वाग्मट तथा भवमिश्रले महर्षि मनुको उक्त कथनको पुष्टि पूर्णरुपमा गरेका छन्।

–दुई हजार वर्ष पहिला प्रसिद्ध चिकित्सक एवं सर्जन सुश्रुतले आफ्नो पुस्तक सुश्रुत संहितामा स्पष्ट लेखेका छन्–मासिक श्रावपछि ४, ६, ८, १०, १२, १४ एवं १६औं रात्रिको गर्भधानबाट पुत्र तथा ५, ७, ९, ११, १३ र १५औं रात्रिको गर्भधानबाट छोरी जन्मने गर्दछन् ।

–२५ सय वर्षअघि लेखिएको चरक संहितामा लेखिएको छ–भगवान अत्रिकुमारको कथनअनुसार महिलाको रज सबलताबाट छोरी तथा वीर्यको सबलताबाट छोरा जन्मने गर्दछन् ।

–प्राचीन संस्कृत पुस्तक ‘सर्वोदय’ का अनुसार गर्भधानका बेला महिलाको दाहिने स्वास चले छोरी र बायाँ स्वास चले छोरा हुने गर्दछ ।
–युनानका प्रसिद्ध चिकित्सक तथा महान दार्शनिक अरस्तुका अनुसार पुरुष र महिला दुवैको दाहिने अण्डकोषबाट छोरा तथा बायाँबाट छोरी जन्मने गर्दछन्।

–चन्द्रावती ऋषिका अनुसार छोराछोरीको जन्म गर्भाधानको समय महिला पुरुषको दायाँ–बायाँ स्वास क्रिया, नाडी, सुर्यस्वर तथा चन्द्रस्वरको स्थितिमा निर्भर रहने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।