0 COMMENTS

उर्लाबारी, मोरङ, ५ जेठ ०७५/ उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । राति १२ बजे नगरपालिका–१ स्थित कान्छी चोकमा अत्यधिक गतिमा रहेको को २८ प ८३९२ नंको मोटरसाइकल अनियन्त्रित भई सडक किनारका रूखमा ठोक्किँदा पछाडि सवार धिमालको मृत्यु भएको र घाइते मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीयबालजीत सुब्बालाई स्थानीय मंगलबारे अस्पतालमा उपचार गराई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।