0 COMMENTS

काठमाडौं२५बैशाख०७५। बहुप्रतीक्षित केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन (प्रि–फिजिबिलिटी स्टडी) हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले नेपाल र चीनबीचका रेलवे अधिकारीबीच केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिने सहमति भएको जानकारी दिनुभयो ।

चिनियाँ पक्षले सो अध्ययन गरेर भदौ १५ गतेसम्म उक्त अध्ययन प्रतिवेदन नेपाल पक्षलाई देखाउने र दुवै मुलुकबीचको छलफलले सो प्रतिवेदनबारे टुङ्गो लगाउने सहमति भएको जानकारी उहाँले दिनुभयो । अध्ययनको सम्पूर्ण आर्थिक सहायता चीन सरकारले नै उपलब्ध गराउने सहमति भएको थियो ।याे खबर अाजकाे गाेरखापत्रले छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।