0 COMMENTS

मिलन चाम्लिङ,धरान२२,बैशाख०७५/ नेपाल सुन चाँदी कला ब्याबसायी सँघ प्रदेश नं १को आयोजनामा सुनचाँदी ब्याबसायका बिद्यमान समस्या र समाधानका उपायहरूको बिषयमा अन्तरक्रिया कार्यक्रम भएको छन।कार्यक्रममा प्रदेश नं १ को कानुन तथा संघीय मामिला मन्त्री हिक्मत कार्की,प्रदेश नं १का कानुन मस्यौदा समिति संयोजक रेवती रमण भण्डारी,प्रदेश नं १ का सांसद सावित्री श्रेष्ठ सुनचाँदी कला ब्याबसायी संघको केन्द्रिय अध्यक्ष द्दारिकालाल श्रेष्ठ लगायत सुनचाँदी ब्याबसायीहरुको बाक्लो उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री हिक्मत कार्कीले सुनचाँदी ब्याबसायी मर्यादित भएर ब्याबसय गर्नु पर्ने सुनचाँदी ब्याबसायीहरुले स्वच्छ प्रतिस्पर्धा गर्न अनुरोध गर्नु भएको अस्वच्छ प्रतिस्पर्धा गर्दा विभिन्न घटना घटेको र सुनचाँदी ब्याबसायीहरुलाई मर्यादित सुरक्षीत हुने कानुन बनाउने संसद गठन भएको तीन महिनामा एक दर्जन संघीय कानुन बनाएको कुरा बताउनु भएको छ।

नेपालमा नेपाली मुलको कालिगड नभएको हुदा नेपाली कालिगड उत्पादन गर्नको लागि प्राबिधिक शिक्षामा समाबेश गर्ने बताउनु भएको छ।त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश नं १को कानुन मस्यौदा समितिको संयोजक रेवती रमण भण्डारीले सुनचाँदी ब्याबसायिको लागि भनेर नै छुट्टै कानुन बनाउन लागि पर्ने बताउनु भएको छ भने कार्यक्रममा सांसद सावित्री श्रेष्ठ लगायतले भनाइ राख्नु भएको थियो ।कार्यक्रम सभापति तथा सुनचाँदी कला ब्याबसायी संघको प्रदेश नं १को अध्यक्ष प्रेमबहादुर बिश्वकर्माले एउटा सुनचाँदी ब्याबसायीले नराम्रो गर्‍यो भन्दैमा सबै सुनचाँदी ब्याबसायीलाई नराम्रो आक्षेप लगाउन नहुने बताउनु भएको छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।