0 COMMENTS

अछाम१८बैशाख०७५/ गर्मीयामसँगै अछामका विभिन्न ठाउँमा खानेपानीको अभाव चुलिएको छ । जिल्लाका विभिन्न बजार क्षेत्रदेखि गाउँघरमा खानेपानीको संकट भइरहेको हो ।

सदाबहार पानीको समस्या भइरहने कमलबजार, ठूलासैन बजार, रामारोशन -७ सुतार, मंगलसेन-१ कुन्ती बण्डाली, साँफेबगर-७ ककरसाँतलगायत विभिन्न गाउँटोलमा पनि खानेपानीको समस्या भइरहेको स्थानीयले बताएका छन् । खानेपानीको अभाव चुलिँदा बजार क्षेत्रका व्यापारी व्यवसायीले गाडीमा र मान्छेलगायत टाढाटाढाबाट पानी ल्याएर उपभोग गरिरहेका छन् भने पानी समस्या भएका गाउँघरमा महिला तथा बालबालिकाको बिहान बेलुका पानी बोक्न मै समय जाने गरेको छ ।

उता रामारोशन गाउँपालिका–७ सुतारको विभिन्न टोलमा दुई महिनादेखि खानेपानीको सास्ती भएको छ । खानेपानी आयोजनाको पाइपलाइनमा अवरोध भएपछि साविकको सुतार गाविस वडा नम्बर २, ४ ६, ७, ८ र ९ का स्थानीयलाई समस्या भइरहेको स्थानीय जगत भण्डारीले बताउनुभयो । नजिकका पानीका मुहान सुक्दै गएको र टाढाबाट ल्याएको खानेपानी आयोजनाको पाइपलाइनमा समेत समस्या आएका कारण स्थानीयलाई खानेपानीको अभाव भइरहेको उहाँको भनाइ छ ।

२०७२ सालमा निर्माण भएको थारखोला कालापानी खानेपानी आयोजनाको पाइपलाइनमा समस्या आउँदा जनता करीब दुई हजार जनता मारमा परेका स्थानीय चन्द्र भण्डारीले बताउनुभयो । “रु ८३ लाख लागतमा निर्माण भएको खानेपानी आयोजनाले सुतारका ४०० घरधुरीका उपभोक्ता लाभान्वित भएका थिए, अहिले धारामा पानीनै आउन छाडेपछि घण्टौँ हिँडेर पिउने पानी बोक्नुपर्ने बाध्यता छ ।” भण्डारीले भन्नुभयो ।

केही स्थानीय तहका वडा र विभिन्न बजार क्षेत्रमा पानीको चरम अभावले गर्दा नागरिकको दैनिकी कष्टकर हुनुका साथै महिला तथा बालबालिकालाई सबैभन्दा बढी दुःख भइरहेको कुन्तीबण्डालीका स्थानीय वीरेन्द्र साउदले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।