0 COMMENTS

मिलन चाम्लिङ,१७,धरान०७५बैशाख/किरात राई पत्रकार संघ सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा आजदेखी किरात राई यायोक्खाको भबनमा ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।

आधारभूत पत्रकारिता तालीम उद्यघाटन कार्यक्रमको सभापतित्व किरात राई पत्रकार संघ सुनसरी जिल्ला कार्यसमिति अध्यक्ष बिशाल रशिक राईले गर्नु भएको थियोे ।कार्यक्रममा पत्रकार महासंघ सुनसरी जिल्ला कार्य समितिको अध्यक्ष अमर खड्काको प्रमुख आतिथ्य रहेको थिए भने प्रशिक्षक गोपाल देवान,देबेन्द्र पौडेल(नयाँ पत्रीका संबाददाता प्रदेशको नं १) उपस्तिथि रहेको थियो ।तालिममा सहभागीलाई स्वागत तथा शुभकामना किरात राई पत्रकार संघ सुनसरी जिल्ला कार्यसमितिका कोषाध्यक्ष तथा ७ दिने आधारभूत पत्रकारिता तालीमका संयोजक सन्जु राईले राख्नु भएको थियो ।

त्यस्तै उद्यघाटन कार्यक्रममा देबेन्द्र पौडेल,गोपाल देवानले भनाइ राख्नु भएको थियो ।उद्यघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अमर खड्काले पत्रकारको कलम देश परिवर्तन गर्ने हतियार रहेको बताउनु भएको छ।उद्यघाटन कार्यक्रमको सभापति किरात राई पत्रकार संघका सुनसरी जिल्ला कार्यसमितिका अध्यक्ष बिशाल रशिक राईले पत्रकारले स्वतन्त्र भएर काम गर्नु पर्ने बताउनु भएको छ।

७ दिने आधारभूत पत्रकारिता तालिम बैशाख २३ गतेसम्म चल्नेछ ।तालिममा गोपाल देवान र देवेन्द्र पौडेलले प्रशिक्षण दिनु हुनेछ भने तालीममा ४७ जना प्रशिक्षार्थी सहभागी रहेको बताउनु भएको छ तालिम संयोजक सन्जु राईले।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।