0 COMMENTS

बासुदेव सेढाइ,१७बैशाख०७५/” अहिंसा परमाे धर्म ” बिश्व शान्तिका अग्रदुत भगवान गाैतम बुद्धकाे जन्म जयन्तीकाे दिन अाफ्नाे अाफ्नाे तेस्रो कुलपुजाकाे अवसरमा सेढाईहरुकाे उद्गमस्थल लमजुङको बेशिसहर नगरपालिका – ११ चिति रामचाेक बाट चिति सेढाई समाजले सम्पूर्ण नेपालीहरुमा अहिंसा र शान्तिकाे सन्देश दिएकाे छ ।

प्रतेक ३, ३ बर्षमा हुने कुल पुजा यसपटक २०७५ बैशाख १७ गते बुद्ध जयन्तीको दिन परेको छ । नेपालमै जन्मेर बिश्व समुदायलाई अहिंसा ,शान्ति ,प्रेम, मानवता,सत्यता,एकता ,सहनसिलता जस्ता देबगुण बाट अघि बढ्न प्रेरणा दिने भगवान गाैतम बुद्धकाे जन्म जयन्तीको दिन हिंसा हत्या हुनु गलत हुने भन्दै बिगत देखि चलिरहेको कुल देवता लाई बलि दिने प्रथाकाे अन्त्य भएको छ । बिगतमा पनि यस बिषयमा छलफल चलेपनि सबैकाे एकमत नहुनाले बलिनै दिईएकाे थियोे ।सेढाई हरुकाे कुल पुजा मंसिरको धान्य पुर्णिामा का दिन हुने गरेपनि याे पुजा बिशेष कारणले सरेर बैशाख पुर्णिामाका दिन पर्न गएको अर्को ३ बर्ष पछि फेरि मंसिरमै गरिने पुजा ब्याबस्थापन समितिका सचिव प्रेमदत्त सेढाईले बताउनुभयो ।

समितिका अध्यक्ष गाेबिन्द राज जाेशि सेढाईका अनुसार याे अत्यन्तै सकारात्मक सन्देश हाे धार्मिक स्थानहरुमा पशुपन्छि बलि अत्यन्तै अशाेभनिय भएको र अाजैका दिनबाट बलिकाे अन्त्य भयकाे र अब सेढाई समाज कुलदेवता मन्दिर परिसरमा कुनै हत्या र हिंसा गर्न नदिने बताउनुभयो ।

अाफ्नाे पुर्ख्याैलि स्थल मा कुलदेवता पुजाकाे सुखद अवसर पारेर अाउन पाउँदा अत्यन्तै खुसि लागेको कावसाेति बाट अाउनुभएका सुर्य कान्त सेढाईले बताउनु भयाे उहाँको बिचारमा याे पुजा ऐतिहासिक हाे अाफुलाई पहिले देखि बलिप्रथाकाे बिराेधि रहेको ऐले बलि बिनाकाे पुजामा सामेल हुन पाउँदा अत्यन्तै हर्षित रहेको उहाँ बताउनुहुन्छ । बुद्ध जयन्तीकाे दिनमा बर्षाै देखिकाे कुरिति ताेडिएकाे छ । याे एउटा बिल्कुलै नयाँ र सकारात्मक सन्देश रहेकाे छ ।अंगिरा ऋषिका सन्तान हामी पुर्खाैदेखि अहिंसा बादि रहेको र अाज अाएर शान्तिकाे सन्देश दिन सफल भएका छाै अागामि दिनमा देशभरिका बन्धुहरुलाई एकताबद्ध गराएर अहिंसाकाे सुचना प्रवाह गरिने कुरा चिति काठमाडौ सेढाई समाजका सल्लाहकार माहाप्रशाद सेढाईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।