0 COMMENTS

बुटवल, १३ वैशाख ०७५/ नेकपा (माओवादी केन्द्र)ले प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई आज कारवाही गरेको छ ।

माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले आज विज्ञप्ति निकाली उनीहरुलाई पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी हटाइएको जनाउनुभएको छ । यसअघि पुनको मुख्य सहयोगीका रुपमा काम गरेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) निकट युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल र सदस्य उत्तम आचार्यलाई एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।