0 COMMENTS

चितवन१२बैशाख०७५/ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि आगामी १४ वैशाखमा मिति तोक्ने समझदारी भएको बताएका छन् ।

उनले एमाले–माओवादीका दुवै अध्यक्षले मिलेर १४ गते मिति तोक्ने सम्झदारी भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । प्रचण्डले दुई अध्यक्षले पर्याप्त समय निकाल्न नसक्दा एकता प्रक्रिया ढिलो भएको बताए । वैशाख महिनाभित्रै पार्टी एकता हुने प्रचण्डकोे दाबी छ ।

भरतपुर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग उनले हतारमा एकता गरेर नपछुताउनका लागि पनि एकता प्रकृया केही ढिलाइ हुन पुगेको स्पष्टिकरण दिएका छन् ।

‘दुई/चार दिन ढिलो भएपनि सम्झदारीमा खलल नआहोस्’ भनेर नै पार्टी एकताका केही ढिला गरी भएको बताए । साथै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँपन दिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।