0 COMMENTS

मिलन चाम्लिङ,११बैशाख०७५/ सुनसरीकाे इटहरीमा रहेकाे  दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अाफ्नाे पाँचौ स्थापना दिवसको उपलक्ष्यमा धरान सेवा केन्द्रमा अाफ्ना शेयरसदस्यहरू संग अन्तरक्रिया कार्यक्रम अायाेजा गरेकाे छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य जगदीश वलीले सहकारी भनेको सहकार्य हो सहकारीमा सहकार्य गर्दै जानू पर्ने कुरा उल्लेख गर्नु भएको  र  पाँचौ स्थापनाको दिवसमा सहकारी संस्था लिमिटेडले नयाँ  एकसय सदस्यहरू थपेको कुरा सम्पुर्ण सदस्यहरूलाइ  जानकारी गराउनु भयाे ।

कार्यक्रममा बोल्दै दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ब्याबस्थापक कुमार निरौलाले स्थापनाको परिकल्पना बित्तीय समाधानको लागि सबैको पहिलो रोजाइ दुर्गा बचत तथाऋण सहकारी संस्था इटहरी हुनुपर्छ भन्ने संस्था परिकल्पना र ध्येय दुर्गा बचत  तथा ऋण  सहकारी संस्था लिमिटेडका अाफ्ना शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक रुपले जीवन स्तर उकास्न सदैव प्रयत्नशील र सांस्कृतिक रुपले सुसज्जित बनाउन कृयासिल रहिरहने दुर्गा बचत तथा सहकारीको उदेश्य रहेको र समुदायमा छरिरहेको पुँजीलाई विभिन्न किसिमका बचत योजना मार्फत संकलन गर्ने,शेयर सदस्यहरुलाई आयमुलक तथा स्वरोजगार तालिम, सर्वसुलभ छिटो छरितो ऋण प्रदान गर्ने,समाजमा ब्यापकता पाएको गरिबी,बेरोजगारकाे अन्त्य गरि आदर्श समाज निर्माणमा प्रयत्नशील रहने र उक्त उदेश्य प्राप्तिका लागि संस्थालाई स्रोत साधन सम्पन्न गर्न आवश्यक भौतिक पुर्वाधारहरुको उचित व्यावस्थापब मिलाउने उदेश्य रहेकोे बताउदै दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

जस्मा आर्थिक
शेयर ६,०४,०३,००३
कोष ४,१७,५८,,००२
बचत३१,५८,२९,५११
अन्य दायित्व १०३९९१०९
जम्मा ४२,८३,८९,६२५ रहेको छ।
त्यस्तै कार्यक्रममा बोल्दै संस्थाको उपाध्यक्ष कुबेर शर्माले संस्थाको नीति तथा योजना शेयर सदस्यलाई जानकारी गराउनु भएको थियोे ।भने संस्थाको अध्यक्ष टिकाप्रसाद दाहालले सहकारीमा आवद्द हुन आग्रह गर्दै सहकारी हामी आफै लगानीकर्ता र आफै प्रयोगकर्ता भएको जानकारी दिदै सहकारीबाट शेयर सदस्यता लिनेेहरुलाई शेयरसदस्यता प्रमाणपत्र बितरण गर्नु भएको थियो ।कार्यक्रमको समापन गर्दै दुर्गा बचत तथा ऋण सहकारी संस्था धरान सेवा केन्द्रको संयोजकले सबै शेयर सदस्यलाई स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।