0 COMMENTS

 सु्न्दरताका परिभाषा विविध छन् । महिलाहरूको सुन्दरताको बखान गर्नमा को पछाडि छैनन् । महिलाहरूको सुन्दरताको वर्णन भएको इतिहास धेरै पाइन्छ । सुन्दर छालाबाट नै सुन्दरताको सुरुवात हुन्छ।

सुन्दरताका लागि अनिवार्य रुपमा छ्लाको ध्यान दिनुपर्छ । रातमा मेकअप हटाएनौँ भने छालामा निकै ठूलो समस्या देखिन सक्छ । सुत्नुअघि छालाको कुनाकुनामा लागेको मेकअप राम्रोसँग हटाउन जरुरी छ । मेकअप नहटाउँदा एकातर्फ छालामा दीर्घकालीन असर पर्न सक्छ । अर्कोतर्फ इन्फेक्सन हुने सम्भावना पनि उत्तिकै हुन्छ । छालाको सुरक्षाका लागि मेकअप हटाएर मात्र पुग्दैन ।

मेकअप हटाएपछि राम्रोसँग सफा गर्न पनि जरुरी हुन्छ । जसका लागि राम्रो खालको फेस क्लिन्जर प्रयोग गर्न सकिन्छ । रौँका जराजरामा बसेका फोहोर पनि राम्रोसँग सफा गर्न जरुरी हुन्छ । एउटा राम्रो नाइट क्रिम ब्युटी किट बन्न सक्छ । रातको समय नाइट क्रिमको प्रयोग गर्दा यसले छालालाई हाइड्रेट राख्ने काम गर्छ । यस्तो क्रिमले स्किन सेललाई पनि रिपेयर गर्न सहयोग गर्छ ।

आँखाभन्दा मुनिको छाला शरीरको सबैभन्दा पातलो अंग हो, जसलाई अन्डर आई पनि भनिन्छ । यसको विशेष सुरक्षा गर्न आवश्यक हुन्छ । यसका लागि अन्डर आई क्रिमको पनि प्रयोग गर्न सक्नुहुन्छ । जसले आँखामुनि कालो घेरा बस्ने र सुन्निने समस्याबाट टाढा राख्छ । छालाको चमकलाई टिकाइराख्न पूर्ण निद्राको जरुरी हुन्छ । यसका लागि सातदेखि आठ घन्टासम्म सुन्नुपर्छ । यसरी सुत्दा अर्को दिनका लागि छाला पुनर्जीवित हुनेगर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।