0 COMMENTS

ललितपुर १० बैशाख०७५/ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ । यादवको ललितपुरको हात्तिबन स्थित घरमा गत अाइतवार साँझ बम विस्फोट भएको हो ।

लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि गरे ।प्रहरीका अनुसार एउटा बम आक्रमणकारीले विस्फोट गराएको र घर नजिकै एउटा शंकास्पद वस्तु फेला परेको छ ।उक्त शंकास्पद वस्तु डिस्पोज गर्न यतिबेला सेनाको टोली घटना स्थलमा पुगेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

कस्तो बम विस्फोट गराइएको भन्ने खुलेको छैन ।बम विस्फोटबाट कम्पाउण्ड र झ्यालको सिसामा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।