0 COMMENTS

मिलन चाम्लिङ,०८बैशाख०७५/ विश्वप्रसिद्ध म्यूजिकल रियालिटि सो आर्इडलको नेपाली संस्करण नेपाल आर्इडल सिजन २ को धरान अडिसन यहि वैशाख ८ गते शनिवार धरान स्थित  विष्णु मेमोरीयल स्कुलमा हुने भएको छन।

अडिसन विहान ७ बजेदेखि साँझ ४ बजेसम्म हुने धरानमा पत्रकार सम्मेलन गरी जानकारी गरार्इएको छ । अडिसनको रजिस्टेसन फर्म अडिसन स्थलमा नै निः शुल्क प्राप्त गर्न सकिनेछ ।

नेपाल आर्इडलमा सहभागी हुनका लागी नेपाली नागरीकता भएको, कम्तिमा १६ वर्ष पुगेको र ३० वर्ष ननाघेको हुनु पर्ने जानकारी आयोजकले दिएको छन। व्यावसायीक गायकगायिकाले समेत अडिसनमा भाग लिन पाउने  समेत उल्लेख गर्नु भएको छन् ।
नेपाल आर्इडल सिजन २ को अडिसन भैरहवा, धनगडि, बीरगंज र हेटाैडामा सम्पन्न भर्इसकेको छ ।

नेपाल आर्इडलको विशेष उद्देश्य नेपाली नागरीकता भएका नेपालभित्र वा बाहिरबाट सहभागी प्रतियोगीहरूमध्येबाट सर्वोत्कृष्ट गायन प्रतिभाको खोजि गर्ने रहेको नेपाल आर्इडलका प्रोजेक्ट हेड सुरेश पाैडेलले बताएका छन् ।

यस संस्करणमा पहिलो संस्करणमा भन्दा बढि पुरस्कार हुने बतार्इएको छ । यस संस्करणमा पनि पहिलो संस्करणमा रहेको निर्णायक न्युह बज्राचार्य,कालिप्रसाद बास्कोटा र इन्दिरा जोशी नै रहने आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।