0 COMMENTS

मिलन चाम्लिङ,धरान०५बैशाख०७५/ बिगत ६ बर्ष देखि धरानलाई कला साहित्यको शहर बनाउने उदेश्यको साथ संचालन भैरहेको रंगभुमी एकेडमीले आज देखि १५ दिने नाटक प्रशिक्षण सुरु गरेको छन।

धरानमा नयाँ रंगकर्मी थप्ने उदेश्यका साथमा सुरु भएको नाटक प्रशिक्षणमा २७ जना प्रशिक्षार्थी सहभागी भएको छन।रंगकर्मी तथा रंगभुमी एकेडेमीको निर्देशक बिष्णु मोक्तान भन्नू हुन्छ नाटकको बारेमा थाहा नभएको बेला धरानमा नाटक प्रशिक्षण हुदा २७ जना प्रशिक्षार्थी सहभागी हुन खुसीको कुरा हो।१५ दिने प्रशिक्षणमा रंगभुमी एकेडेमी परिवार र काठमाडौबाट नाम चलेको रंगकर्मी आएर प्रशिक्षण दिने कुरा जानकारी समेत दिनु भयो।

नाटक इङघङ(सन्देश) नाटक घर बनाउने उदेश्यका साथ दोस्रो मन्चन सहित सफलताको साथ ३५ पटक मन्चन गरेर हौसिएका रंगकर्मी धरानमा एउटा नाटक घर बनाउन लागि परेका छन।त्यसैबेला नाटक प्रशिक्षणमा सहभागी देखेर धरानमा अब नाटकको माहोल शिर्जना भएको बताउछन् अर्का रंगकर्मी कुमारी राई।अब यहि माहोललाई कायम राख्न सधा लागि पर्ने बताउछन रंगकर्मी अस्मिन सुवेदी।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।