0 COMMENTS

मिलन चाम्लिङ,धरान०५बैशाख०७५/  पछिल्लो समयमा शहर बजारमा माल्याउँदो विकृती रोक्न युवाहरुलाई जागरुक हुनु पर्ने एक नम्बर प्रदेशका गृहमन्त्री हिक्मत कार्कीले बताएका छन् । कुलत रोक्न युवाहरु सचेत हुनु पर्ने उनको भनाई थियो ।

इटहरीमा चार महिना अगाडीदेखि शुरु भएको ड्रक्स फ्रि अभियानको मंगलबार समापन भएकाे छ उक्त समापन कार्यक्रमको वोल्दै कार्कीले सो कुरा वताएका हुन । युवाहरुकै प्रयासमा ड्रक्स फ्रि अभियानको आयोजना गर्नु एकदमै महत्वपूर्ण कार्य भएको उनले बताएका थिए ।

नागरिक समाज इटहरीका अध्यक्ष कमलेश पौडेलले चाहिनेभन्दा बढी औषधि सेवन गरे लत लाग्ने बताउँदै स्कुल र क्याम्पसका विद्यार्थीहरु साथी संगतले कुलतमा सहजै फस्ने बताए र तेसकालागी यस्ता खाले कार्यक्रमले ‘युवाहरुलाई सकारात्मक बाटोमा ल्याउनका लागी अभिप्रेरित गर्ने सराहनीय र उदाहरणीय काम भएको बताए ।

प्याव्सन सुनसरी अध्यक्ष सुमित थापाले विद्यार्थीहरुलाई ड्रक्स फ्रि अभियान चलाएर कुशल प्रशिक्षकको रुपमा स्थापित गर्नु उदाहरणीय काम भएको बताए । लागुपदार्थ  सेवन गर्दा आफ्नै ज्यान जोखिममा रहने भएकाले उक्त कार्यक्रमले विद्यार्थीको मनोभावनामा परिवर्तन ल्याएको अध्यक्ष थापाले बताए ।

युवाहरुको प्रयासले इटहरीमा यस्तो अभियान चलेर समाजलाई दुव्र्यसनमुक्त राख्नु गौरवको कुरा रहेको उनको भनाई थियो । संगीत साधनाका महासचिव राजु केसी, मुख्य प्रशिक्षक रामकुमार धमलाले बोल्दै सो कार्यक्रम गर्न धेरै चुनौती रहेपनि सफल भए प्रति खुशी ब्यक्त गरे ।

युवाहरुलाई अभिप्रेरित गर्नका लागी कार्यक्रमको आयोजना गर्नु सराहनीय कार्य रहेको र आगामी दिनमा आँफूहरुले सकेको सहयोग गर्दै जाने विश्वास दिलाए । उक्त अभियानका संयोजक युवा अभियन्ता सम्राट थापाले कार्यक्रममा बोल्दै आँफूहरुले सामाजिक उत्तरदायित्व बहन गरेको बताए । पाँच बर्ष सम्ममा समाजलाई उच्च स्थानमा पुर्याउने बताउँदै उनले अबको चार बर्षसम्म निरन्तर अभियान चलाउने कुरा ब्यक्त गरे । भने,‘नराम्रो मान्छेको प्रभावले हैन,राम्रो मान्छेको अभावले समाज बिग्रन्छ तेसैले समाज परीवर्तनकालागी  समाजमा रहेका अशल तथा  राम्रा मानीसहरू लार्इ समाज परीवर्तनकालागी जाग्न अनुराेध समेत गर्नु भयाे । 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।