0 COMMENTS

मिलन चाम्लिङ,धरान ३बैशाख०७४/ गत २०७२ बैशाख१२ मा गएको विनाशकारी भूकम्पबाट भएको मानवीय क्षति तथा आम मानव जगतले भोगेको दुःख कष्ट शान्तिका निम्ति धरानमा भूमि पूजा गरिएको छ ।

धरान–८ स्थित सामपाङ चोकमा स्थानीय ६ टोल भेला भइ उक्त भूमि पूजा सम्पन्न गरेका हुन् । भूमि पूजामा धरान–८ का सीता टोल, कृष्णा टोल, पारुहाङ चोक, शहिदरत्न मार्ग, बरपीपल चोक र सिद्धार्थ मार्गका स्थानिय भेला भइ हिन्दु परम्परा अनुसार पण्डितहरुद्वारा होम गरिएको थियो भने बौद्ध परम्परा अनुसार लामा गुरुहरुद्वारा होम, प्रार्थना तथा दिप प्रज्वलन गरिएको थियो । विगत ४ वर्षदेखि निरन्तर विश्व शान्तिको लागी गरिदै आएको होममा विस्तारै सहभागिता बढ्दै गएको र विशेष गरी २०७२ सालमा आएको विनासकारी भूकम्पमा परी ज्यान गुमाउनेहरुको आत्माको शान्तिको लागी होम आयोजना गरिएको आयोजक कमिटिकी संयोजक चन्द्रा तामाङले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।