0 COMMENTS

दिमाग त सबै मानिसको हुन्छ । तर बुद्धि चाहीँ सबैको बराबर कहाँ हुन्छ र ? कतिपय निकै बुद्धिमान, कोही मध्यम त कोही मन्द बुद्धिवाला । बुद्धिमान मानिसले आफ्नो अगाडि आउने धेरै समस्याको समाधान आफै खोज्न सक्छन् सबै क्षेत्रमा प्रगति गर्न सक्छन् । तर यस्ता बुद्धिमान मनिसका पनि केही खराब आनीबानी चाहीँ हुन्छन् नै । बुद्धिमान मानिसमा हुने भनिएका तिनखाले खराब बानी व्यहेरा यी हुन्ः

१. कुरैपिच्छे कसम खानेः कुरैपिच्छे कसम खाने मान्छे सँग सँगत गर्नुपर्दा साँच्चीकै दिक्क लाग्छ । किनकी यस्ता मानिस झनै भरोसायोग्य हुँदैनन् । यस्ता मानिसहरु आफ्नो गल्ती तथा नियत ढाकछोप गर्नका लागि कसमको सहारा लिइरहेका पनि हुनसक्छन् । तर एक अध्ययन अनुसार कसम खाइरहने यस्ता व्यक्तिहरु दिमागी रुपमा चाहीँ तेज हुन्छन् । यिनीहरुको रवैया अन्य सामान्य मानिसभनदा फरक हुन्छ र प्रष्टै पहिचान गर्न सकिन्छ ।

२. रातमा कम निदाउनेः बुद्धिमान मानिसहरु मन्द बुद्धिका मानिसको तुलनामा कममात्र सुत्दछन् । रातमा अबेरमात्र सुत्दछन् । बुढापाकाको भनाई अनुसार रातमा छिटो सुत्ने र बिहान सबेरै उठ्ने मानिस बुद्धिमान हुनुपर्नेहो । तर वैज्ञानिक रुपमा चाहीँ यसको उल्टो छ । एक अध्ययन अनुसर जो मानिसको आइक्यू ७५ को आसपास छ उनीहरु रातमा ११ बजे अगावै सुत्दछन् भने जसको आइक्यू १२५ भन्दा बढि छ उनीहरु रातको १ बजेपछि मात्र सुत्दछन् ।

३. भद्रगोल बसाईः इन्टेलिजेन्ट अर्थात् बुद्धिमान मानिसहरुको एक अर्को खराब बानी हुन्छ की बस्ने कोठा भद्रगोल बनाउनु । जब तपाइँ त्यस्ता मानिसहरुको कोठामा जानुहुन्छ तब उनीहरुको कोठा तपाइँलाइ कहिल्यैपनि सुव्यवस्थित तथा सफाचट लाग्दैन । सामानहरु छरिएका हुन्छन् । बुद्धिमान मानिसहरु आफ्ना सामानहरु मिलाएर राख्दै जान्दैनन् । शोधकर्ताहरुका अनुसार आफ्नो आसपास हुने छरिएका सामानहरुकै माध्यमबाट उनीहरुलाई केही फरक ढंगले सोँच्ने क्षमता पैदा भएको हुन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।