0 COMMENTS

मिलन चाम्लिङ,धरान १बैशाख०७५/ चलचित्र डमरुको डण्डी बियो प्रचार प्रसार गर्दै खगेन्द्र लामिछाने लगायत चलचित्र टिम आज धरानमा आइपुगेको छ।बैशाख २१ गतेबाट प्रदशनमा आउने चलचित्र डमरुको डण्डी वियोको प्रचारप्रसार विभिन्न सहरमा गर्दै आज धरान आइपुगेको हो।
धरान बुढासुब्बा मन्दिर परिसरमा बिहान दर्शकहरुसंग डण्डी बियो ठ्याक लगाउने खेल सुरु गर्दै प्रचारप्रसार सुरु गरेको चलचित्र टिमले
धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी गराएको थिए।पत्रकार सम्मेलनमा बोल्दै चलचित्र निर्माता बिनोद गुरुङले चलचित्र निर्माण गर्न १ करोड भन्दा माथी खर्छ भएको बताउनुभएको छ।सबैले डण्डी वियो खेल बिर्सिसकेको हुनाले मौलिक कथामा आधारित खेलसंग जोडिएको पारिवारिक कथामा आधारित रहेर चलचित्र निर्माण भएको बताउनु भएको छ लेखक तथा कलाकार खगेन्द्र लामिछानेले उहाँ नै थप्नु हुन्छ चलचित्र हेरिसकेपछि दर्शकले मनोरञ्जन साथै केही कुरा सिक्ने अवसर पाउनेछ।

चलचित्र लमजुङको रमणीय दृश्यमा ७५ प्रतिशत खिचेको र २५ प्रतिसत काठमाडौमा खिचेको बताउनु भएको छन ।समृद्धि इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा लगानी नोर्बु क्षिरिङ गुरुङ र बिनोद गुरुङले गर्नु भएको हो।संगीत कालिप्रसाद बासकोटा छायांकन हरि हुमागाइको रहेकोे छन भने लेखन खगेन्द्र लामिछाने र निर्देशन क्षेतन गुरुङको रहेको छ।

चलचित्रमा खगेन्द्र लामिछाने,अनुप बराल,मेनुका प्रधान,बुद्धि तामाङ,अंकित खड्का,आसन्त शर्मा,लक्ष्मी बर्दिवा,इङ्गि होपि कोनिच सुनुवार लगायतको अभिनय रहेको छ।चलचित्र बैशाख २१ देखि देशभर लाग्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।