0 COMMENTS

मेलम्ची २६ चैत०७४/ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरेको झिल्के मोडमा आज जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ ।

बा १८ प ४६९९ नम्बरको बोलेरो जिप मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गर्दा सडकबाट चिप्लिएर करिब ३५० मिटर तल भिरमा खसेको थियो ।दुर्घटनामा चालक अन्दाजी ३५ वर्षीय ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षीय मोती अधिकारी र १२ वर्षी कमल स्यङ्बोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।