0 COMMENTS

काठमाडौँ १४चैत०७४/राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशका रुपमा पदावधि नै नभएको व्यक्तिसँग सपथ लिएको भन्दै राष्ट्रपति भण्डारीको शपथ विरुद्ध रिट दायर भएको हो ।

चैत ४ मै अधिवक्ता नारायण खरेल र हेममणि सुवेदीले सर्वोच्चमा पेश गरेको रिट निवेदन बुधबार मात्र दायर भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

राष्ट्रपति भण्डारीले निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीसँग शपथ लिएकी थिइन् । राष्ट्रपति भण्डारीलाई शपथ गराउने दिन फागुन २९ गते पराजुलीको साउन २१ यताको पदावधि अवैधानिक भएको भन्दै न्यायपरिषद्ले पदमा नरहेको भनी पत्र पठाएको थियो । यद्यपि, राष्ट्रपति भण्डारीले सोही दिन शपथ लिएकी थिइन् ।

राष्ट्रपति कार्यालयले शपथ राउनुअघि पत्र नपुगेको जनाएको छ । शपथ कार्यक्रमको केही समयअघि मात्रै न्याय परिषद्को पत्र सञ्चार माध्यमलाई उपलब्ध गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।