0 COMMENTS

 बि.स.२०७४ चैत्र ०९ गते । शुक्रबार । ईश्वी सन् २०१८ मार्च २३ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि षष्ठि १५ घडी १५ पला,दिउसो १२ बजेर ८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र रोहिणी,२७ घडी ४४ पला,बेलुकी ५ बजेर ७ मिनेट उप्रान्त मृगशिरा । योग प्रीति ६ घडी ५४ पला,बिहान ८ बजेर ४८ मिनेट उप्रान्त आयुष्मान । करण तैतिल,दिउसो १२ बजेर ७ मिनेट उप्रान्त गर,रातको ११ बजेर ३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा मित्र योग । चन्द्रराशि बृष । विश्व मौसम दिवस।काठमाडौँमा सूर्योदय ६ बजेर ७ मिनेट,सूर्यास्त बेलुका ६ बजेर १६ मिनेट । दिनमान ३० घडी २२ पला ।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ): आफन्त तथा घर परिवारका मानिसबाट सुनिने शुभ समाचारले मनमा उमङग छाउनेछ । व्यापार फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । थोरै बोलेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । प्रेम सम्बन्धमा आत्मियता बढ्नेछ भने जीवन साथीको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ । परिवारका साथ मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने होटेल तथा रेस्टुरेन्टको व्यावसाय फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा): नयाँ कामको प्रस्ताव आउनेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी हुँदा नयाँ प्रकृतिको काम गर्न सकिनेछ । सुन्दर तथा बिलाशी बस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा मन जानेछ भने मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकोले केही दिन पर्खनु नै उचित हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा औषधि खर्च बढेर जानेछ । माया प्रेममा नजिक भए पनि एक अर्कालाई नराम्रो दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । अग्रज तथा आफन्तबाट सुनिने नराम्रो समाचारले दुखी बनाउनेछ । लामो दुरीको यात्रा हुनेछ भने विदेशमा उत्पादित सामानमा व्यावसाय फस्टाएर जानेछ ।

कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो): व्यापार बढ्ने हुनाले घर परिवारमा आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । पैतृक सम्पत्ति तथा सरकारी स्रोत साधनको प्रयोग गरी आम्दानीका स्रोतहरू पराकिला बनाउन सकिनेछ । भौतिक सम्पत्ति तथा सोवारि साधन प्राप्तिको गतिलो योग रहेको छ । सोचेको काम बन्नाले दैनिकी सहज रूपमा अगाडि बढ्नेछ । माया प्रेममा नजिक तथा सामिप्यत बढेर जानेछ । शिक्षा तथा पानी सँग सम्बन्धित कामहरूबाट मनग्गे आम्दानी हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाइनेछ । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यावसायमा गरेको लागिनबाट भने सन्तोषजनक आम्दानी हुनेछ । प्रेममा भनाभनको अवस्था सिर्जना नहोला भन्न सकिन्न । पढाई लेखाइमा भनेजस्तो नतिजा हात पार्नको निम्ति निकैनै समय खर्चनु पर्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) : समाजसेवा तथा परोकारि काममा मन जानेछ भने राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । आर्थिक अवस्गा सुदृड हुनेछ भने मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । सरकारी स्थारमा तपाईँको गतिलो उपस्थिति रहने हुनाले समयमा काम गर्न सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा सामेल हुने अवसर जुर्नेछ भने लामो दुरीको धार्मिक यात्रा हुने योग रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते): कष्ट भावमा गोचर गर्ने चन्द्रमाले खर्च बढाउने तथा स्वास्थ्यमा समस्या बढाउनेछ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । माया प्रेममा नजिक भए पनि मनमुटाव सिर्जना हुनेछ । आफ्नो महत्त्वपूर्ण डकुमेन्टहरु बाहिरिने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ । थोरै पारिश्रमिकमा दिनभर खटन पर्दा मन खिन्न हुनेछ । दिदी बहिनी सँग सामान्य कुरामा राय बाझिनेछ ।

बृश्चिक(तो,ना,नि,नू,ने,नो,या,यी,यु): भौतिक सम्पत्ति तथा बिदाशि बस्तुको प्राप्ति भए पनि प्रयोग गर्न नजान्दा नराम्रा घट्नाहरु घट्न सक्छ । व्यावसायिक यात्रा हुनेभएपनि यात्राका क्रममा बाधा तथा अवरोधहरूको सामना गर्नु पर्नेछ । परिवार जन तथा आफन्त सँग मनमुटाव बढ्नेछ भने जीवन साथीको सहयोग नपाइने हुँदा कामहरू थाती रहनेछन् । प्रेममा नचाहँदा नचाहँदा मनमुटाव बढ्ने योग रहेको छ ध्यान दिनुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,डा,भे): बित्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अरूभन्दा पछि आउनेछ भने कनै पनि काम गर्दा राम्रो सँग तयारी गर्नुहोला । शत्रुहरूले दुख दिनेछन् भने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउने छैनन् । आर्थिक मुद्दाहरू थाती रहनेछन् भने व्यापार व्यावसायमा मन्दी आउनेछ । आफन्त अग्रज तथा मावलि पक्षसँग सानो सानो कुरामा मनमुटाव सिर्जना हुनेछ । प्रेममा तिक्तता बढ्ने योग रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): बौद्धिक क्रिर्याकलापमा तपाईँको उच्च स्तरको सहभागिता रहनेछ । आर्थिक अवस्था सुदृड रहने तथा शैक्षिक क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । आफन्त तथा मन परेको मानिसबाट उपाहार प्राप्त हुनेछ । सन्तान तथा छोराछोरीबाट सहयोग पाइनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने खानपामा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ । आमा तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको सहयोग तथा समर्थन पाइने योग रहेको छ । प्रेममा एक अर्काको आत्मियता नबुझ्दा मनमुटाव बढ्ने योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): छोटो छोटो यात्रा हुने भए पनि यात्राका क्रममा समस्या देखिन सक्छ । आँट गर्न नसक्दा हातमा आइसकेको काम अरुतिरनै जानेछ । मुद्दा मामिला तथा न्यायलमा आज सहभागी भए हारिने सम्भावना रहेको छ । दाजुभाइ तथा आफन्त सँग घरायसी कुरामा राज बाझिनेछ । प्रेममा नजिक नहुनु नै राम्रो रहेको छ भेटमा मनमुटाव बढ्नेछ । व्यावासायमा लगानी गरे पनि आम्दानी थोरै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।