0 COMMENTS
लेखक : राजेश्वर कमली

आज सेरोफेरो २१ औं शताब्दीको घुरमिलित बाताबरणमा रुमल्लिएको छ ठुला ठुला आबिस्कार संगै राजनैतिक रुपमा पनि धेरै देश परिवर्तित छन।

नेपाल पनि तेस्तै देश हो जाेसंग आफ्नो छुट्टै इतिहास र पहिचान छ।तानाशाही राणा शासन देखि पट्यारिलो बहुदलिय राजनीतीक आडम्बरी शासन सम्म जनता प्रत्यभुत भैसकेका छन।हो हिजो तेस्तो दिन थियो जुन बेला राणाका र बुहुप्रतिक्षित परिवारले मात्र सेवा सुबिधा पाउथे आज पद्दती फरक छ तर प्रणाली उस्तै। आज थर राणा हट्यो पद श्री हट्यो तर राज्नैतिक आडम्बरी खोल हटेको छैन जनतालाइ ढाल बनाएर जनताको नाम नै श्री भन्दै आफू सर्बशक्तीमान बन्ने प्रचलन अझ बढी मौलाएको छ।हिजो एउटा टाउकोले दाबा गर्थे आज सयौं टाउको म भन्दै दावा गर्दै छन।बरु हिजो संस्कार थियो तर आज त्यो संस्कार पनि एका देशको कथा भएको छ।सर्सर्ती हेर्दा २०७४ को सम्सदिय चुनाबमा कांग्रेस पुरानो शक्ति र पुर्खजको बलिदानको ढोङले मात्रै चुनाब जितिछ भन्ने आडम्बरी शैलीका साथ आन्तरिक ब्याबस्थापन सम्म नमिलाइ चुनाबमा गयो भने चतुर कम्युनिस्ट चुनाब अगाडि सम्म पानी बाराबारको स्थितिलाइ सदियौको सारथि झै सबै प्रपन्च मिलाएर कम्युनिस्ट अब एक भयो हामी बिकास र आर्थिक समृद्धि सहितको देश बनाउछौ भन्ने नारा बोकेर चुनाबी मैदानमा होमिए।फलस्वरूप तत्कालीन देशकै ठूलो पार्टी नेपाली कांग्रेस नराम्ररी खुम्चियो भने क्रमश ठूलो पार्टी नेकपा एमाले र नेकपा माओवादीको तालमेेल पुर्ण सकारात्मक भयो।जनमतले स्पष्ट देखायो जनमत कसैको मुठ्ठीको मकै होइन।

के हो कांग्रेस?

सामान्य भाषामा बुझ्दा नेपाली कांग्रेस स्वतन्त्र शक्ति सहितको पुर्ण लोकतन्त्रमा बिश्वास गर्ने पार्टी हो यो एस्तो पार्टी हो जुन पार्टिमा पार्टिको आधिकारिक मान्छेले एदि उस्लाइ आफ्नो पार्टीको निर्णय मन परेन भने पार्टीको बैठकमा मात्रै होइन सम्सद भवनको रोस्ट्रममा पार्टिको बिरोध गरेर आफ्नो भावना स्पष्ट राखन पाउछ,यो एस्तो पार्टी हो जुन पार्टीमा आफ्नो पार्टी सभापति सङ खुलेआम असहमती राखेर उस्को विरुद्ध उभिन पाउछ र उस्का हरेक असहमतिहरु खुलेर राख्न पाउछ तर कम्युनिस्टमा यी बन्धनले बाधिएको हुन्छ एउटा सुत्राधार भन्दा बाहिर गएर एदि निर्णय पार्टीको आधिकारिक मान्छे बाट भयो भने सम्भबत उ पार्टी बाटै निस्कासित हुनु पर्छ।यो उनिहरुको बन्धन पनि हो र नियम पनि हो।

किन चुनाव हार्यो कांग्रेस??

थुप्रै राम्रा सामाजिक,राजनैतिक,भौगोलिक पक्ष समेटेर कयौं बिज्ञाहरु राखेर सबै पक्ष,अर्थ र भुगोल मिलाएर घोषण पत्र बनाइए। मिले सम्म पर्चा र पम्लेट भित्ता देखि चौतारा सम्म टालिए तर कुनै पनि पक्ष जब जनतालाइ बुझाउने बेला हुन्छ तब गाउँ गाउँमा चुनाबको सङ्हारमा केही बोलिएन फेरि त्यै रटाइ २०६४ र २०७० सालको चुनाबमा जस्तै कांग्रेस २००७ सालमा प्रजातन्त्र स्थापना गर्ने पार्टी,बिपि,सुबर्णसम्सेर,गणेशमान र कृष्णप्रसाद भट्टराईको योग्दानले बनेको पार्टी,राणा राजा सङ लडेको पार्टी भन्ने नारा मात्रै सम्बोधित भए एदाकदा बाहेक कतै पनि नेताले घोषणापत्र बोलेनन् जे २०६४ को चुनाबमा कन्ठस्थ थियो त्यही मात्र ओकाले।बिषय र परिबेश बद्लियो तर नेतृत्वको शैली बदलिएन यो मात्र होइन पुरानै एउटा जनतामा आक्रोश थियो एतिका धेरै समय सत्तामा बसेर जनतालाइ प्रतक्ष्य छुने बिषय के दियौ ? चार चार पटक प्रधानमन्त्री बनेका शेेरबहादुर देउवा एउटा लोकप्रिय नारा जनतालाई दिन नसक्ने अनि उल्टै एकपटक प्रधानमन्त्री बनेका मनमोहनको लोकप्रिय नाराको बिरोधगर्दै त्यो गलत हामिले गर्दा त्यो सम्भब भएको भन्नू पनि अर्को गल्ती रह्यो।र कतै नेतृत्वको अदुर्दर्शी निर्णय अनि गुट र उपगुटले बढी प्राथमिकता पाउँद पनि यो परिणाम भोग्नु पर्यो।

अबको बाटो?

आजको दिनमा नेपालि कांग्रेसमा सबैभन्दा खड्किएको कुरा सम्झौता हो,बर्तमान परिबेश्मा देश र जन्ताको नाममा कुनै नेता सम्झौता गर्ने पक्षमा छैन सबैमा म को अहम्कार छ।पार्टी म बादमा चलिसक्यो सम्सदिय दल्को नेता म,पार्टी सभापती म बिभाग प्रमुख मेरो मान्छे,विभिन्न भातृ संस्थामा मेरो मान्छे।यी सबै अहंकारको पछाडि नेतृत्वको अदुर्दर्द्शिता छ जो बने पनि एउटा कांग्रेस भन्ने छैन।आजकाल पार्टीमा गुटबन्दीको पराकाष्ठा एति सम्म भैसक्यो कि आफ्नो गुट भन्दा अरु कुनै नेता सङ गएर फोटो मात्र खिचे पुग्छ उस्को दिनगन्ति सुरु हुन्छ।संगठन र सामुहिक शक्ति भन्ने सबै हराइसक्यो।पुजिपतिहरु आजकल धनको बलमा राजनीति र राजनैतिक ब्यावथामाथी आधिपत्य स्थापित गर्दै सम्पन्न शाली बर्गको मातहतमा राजनिती पुराइसके जुन गएको चुनाबमा पनि स्पष्ट देख्न पाइन्थ्यो एस्ता अराज्नैतिक तत्वाको पनि बेलैमा निग्रानी गरिनुपर्छ।कांग्रेस भित्र आजकाल धेरै बिशेषज्ञहरु जन्मिसके जो नितान्त आफ्नो कुराको मात्र बजारमा व्यापार गर्दै छन त्यो राम्रो होस या नराम्रो कुनै प्रवाह छैन उक्त कुरा पार्टी हितमा होस या नहोस तेस्को नि प्रबाह छैन मात्र तुलना आफ्नो स्वर्थ सङ मात्र छ अब यो संस्कार पनि पार्टी बाट हट्नुपर्छ।

बि.पि. कोइरालाले कुनैबेला भन्नुभएको थियो म जनतालाइ सुसंगठित गर्ने र उनिहरुलाइ आधारभुत राजनितिक बिबादहरुबारे बोध गराउने जस्ता कार्यमा दत्तचित्त रहेको छु। हो आजको नेतृत्वले पनि बि.पि.को नाम भज्ने मात्र होइन यी सबै बि.पि.को राजनैतिक पद्धति अनुसरण गर्ने चेस्टा पनि गरोस।राज्नैतिक रुपमा नेपाली कांग्रेस अब सच्चिनुको विकल्प छैन।लोकतान्त्रिक पार्टिको अरु भन्दा धेरै अबसर र चुनौती दुबै छ,भाषिक विभेद अनि केही मतभेद पनि होलान तर तेस्लाइ अब गुट र उपगुटमा परिणत गर्नु भएन।बि.पि.आदर्श मात्र बाढ्ने होइन,काम गर्ने नेतृत्व पन्क्ती स्थापना गर्न सक्नु पर्यो,ब्यक्तिले पार्टी संचालन होइन पार्टीद्वारा ब्याक्ति संचालित हुनुपर्छ,अब झुन्डमा रमाउने होइन सबै कार्याकर्तालाइ हेर्ने आँखा समान हुनुपर्छ ।सत्ता र स्वर्थ भन्दा माथी उठेर देश र जनता भन्ने भवाना बिकास गर्न सके मात्र नेपाली कांग्रेस फेरि जनप्रिय पार्टी बन्ला।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।