0 COMMENTS

काठमाडौँ, २ चैत ०७४/ नेपाली काँग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न काँग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।

 आज काभ्रेपलाञ्चोकमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस काभ्रेका सभापति मधु आचार्यले भन्नुभयो, “निर्दोष हाम्रा नेतामाथि झुठो आरोप लगाई प्रहरीले पक्राउ गरेको छ । यो दुःखद् भएको छ । उहाँलाई स–सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।” उहाँले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारवाही गर्न तथा उहाँमाथिको अभियोग खारेज गर्न पनि माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।