0 COMMENTS

काठमाण्डाै२चैत०७४/प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् विस्तारका लागि तयारीमा जुटेका छन् । सङ्घीय समाजबादी फोरमलाई पनि सरकारमा ल्याएर मन्त्री बिस्तारमा लागेका हुन् ।

त्यसैगरी माओवादी र एमालेबाट को को र कुन कुन मन्त्रालय लिने भन्ने विषयमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ । माओवादी केन्द्रबाट भने वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरीराजमणी पोखरेल र बिना मगर मन्त्री बन्ने पक्का भईसकेको छ । यद्यपी उनीहरुले कुन कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन ।

मन्त्रालयको संख्या र मन्त्रालय टुंगो लागिसकेपछि मात्र अन्तिम नामावली प्रधानमन्त्री ओलीलाई बुझाउने माओवादी अध्यक्ष प्रचण्डको तयारी रहेको स्रोतले जनाएको छ । संघीय समादवादी फोरमलाई पनि दुई मन्त्रालय दिएर सरकारमा सहभागी गराउने भएपछि जनार्दन शर्मा मन्त्री नहुने सम्भावना रहेको छ ।माओवादीबाट मन्त्री हुनेमा बर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र बिना मगर रहेका छन् । बिना प्रचण्डकी बुहारी हुन् ।

एमालेबाट प्रदीप ज्ञवाली, योगेश भट्टराईका साथै भानुभक्त ढकाल, रविन्द्र अधिकारी, छबिलाल विश्वकर्माको सम्भावना छ । यस्तै रघुवीर महासेठ, हृदयेश त्रिपाठी, प्रेम आले, शेरवहादुर तामाङ, वसन्त नेम्वाङ, गोकुल बास्कोटा, यज्ञराज सुनुवार लगायत पनि दावेदार हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।