0 COMMENTS

गोरखा ३०फागुन०७४/ बोक्सी बकाउने भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ ।सहिद लखन गाउँपालिका ६, बाँसकोटकी १५ बर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रतक्ष्यदर्शीले बताएका छन् ।

जानुका स्थानीय हिमालय मावि कक्षा आठकी विद्यार्थी हुन् । आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

कक्षामा पढिरहेका बेला एक्कासी बिरामी भएको खबर पाएपछि विद्यालयमा आएकी आमा पार्वतीले जानुकामाथि निर्घात कुटपिट गरेको सोही कक्षामा पढाइरहेका शिक्षक बाबुराम श्रेष्ठले जानकारी दिए ।

       शिक्षक श्रेष्ठले भने,

– दोस्रो घण्टीको कक्षा चलिरहेको थियो ।

– जानुका एक्कासी बिरामी भइन् ।

– हामीले आमालाई बोलायौं ।

– आमा आएलगत्तै एक जनाले जानुकाको खुट्टा समाते ।

– आमाले कपाल समाएर कुट्न थाल्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।