0 COMMENTS

मिलन चाम्लिङ,धरान,२९फागुन०७४/ किरात राई यायोख्खा इटहरी नगर समितिको आयोजनामा प्रदेश नं१लाई किरात प्रदेश नामकरण गर्न माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरेको छन।किरात प्रदेश नामङ्करणको लागि किरात राई यायोख्खाले नेपाल अधिराज्यभरबाट २५ लाख हस्ताक्षर संकलन गर्ने लक्ष्य राखेको छन।

किरात राई यायोख्खाको भातृ संगठन पारम्भिक कार्यसमिति,विद्यार्थी संघ,लगायत जिल्ला कार्य समितिहरुले आआफ्नो ठुलो शहर,चोक, गल्ली,बाटो,सडक,गाउँ टोलमा हस्ताक्षर संकलन गरेर प्रदेश सरकारलाई हस्ताक्षर बुझाउने भएको छ।इटहरी चोकमा मंगलबार भएको हस्ताक्षर कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरात राई यायोख्खा सुनसरी जिल्ला अध्यक्ष कमला राईले किरात भनेको सभ्यता यो सभ्यता हाम्रो मात्र सबै जातजातिको भाषा,लिपि,संस्कार सस्कृति,कला साहित्य,भेषभुषा पर्न जाने भएकोले यसैको आधारमा प्रदेश नं १लाई किरात प्रदेश नामङकन माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरेको बताएको छन।

त्यसै गरि किरात राई सास्कृतिक कलाकार संघको केन्द्रिय उपाध्यक्ष शालिक सताशक राईले प्राचीन नेपालमा शासन गर्ने एक राजबंसले ३२ सय बर्ष शासन गरेको बताए ।त्यस समयमा वल्लो किरात,पल्लो किरात,माझ किरात र यश क्षेत्रमा रहेकोे प्रसिद्ध गडीहरु चौदण्डी,हतुवा,बिजयपुर,सगुरी मजुवा आदि गडि त्यसको युगको सभ्यताको प्रतीक आज पनि भग्नाबशेसहरु रहेको बताएका छन।त्यसैले बस्तुगत धरातलमा जहाँ जुन जातिको एतिहाषिक सबल देखिन्छ त्यहा त्यसैको आधारमा नामकरण गर्नु पर्ने भएकोले प्रदेश नं १लाई किरात प्रदेश नामकरण गर्नु पर्दछ भनेको छन।कार्यक्रममा किरात राई सुम्निमा संघको सल्लाहकार ज्ञान किराँती,किरात राई विद्यार्थी संघको उपाध्यक्ष रामचन्द्र राई लगायतले मन्तव्य राखेको थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।