0 COMMENTS

काठमाडौँ, २८ फागुन०७४/श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई कुटपिट गर्र्नेेहरु दोषी भएमा पाँचदेखि आठ वर्षसम्म कारागार राखिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले मन्त्रालयका सहसचिव राधिका अर्यालको नेतृत्वमा विशेष टोली घटनास्थलमा केही दिनभित्र पठाउन लागिएको र अहिलेसम्म तीन अभियुक्तलाई पक्राउ गरिएको बताउँदै नगरपालिकाका प्रमुखलाई पनि कडा कारबाही गरिने र पीडितलाई उचित संरक्षण गरिने जानकारी दिनुभयो ।

साक्षात्कारमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्मम कुटपिट भइरहँदा टुलुटुलु हेर्ने नगर प्रमुख ममताप्रसाद चौधरीलाई पहिला कारबाही गरेर देखाउन सरकारसँग माग गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले कैलालीको घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै छ घण्टासम्म निरन्तर कुटपिट हुँदा उक्त दृश्य छायाङ्कन गरेर बसिरहने मानिस तथा निरीह र गैरजिम्मेवार जनप्रतिनिधिलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्नुभयो । राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले सो घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।