0 COMMENTS

एजेन्सी। केटा मान्छेहरुको स्वभावको बारेमा अब पुरुषको नाकको बनावटको आधारमा पनि पत्ता लगाउन सकिन्छ । ज्योतिष शास्त्रले भविष्यवाणी गर्ने सामुद्रिक शास्त्रमा पुरुषको नाकको आकारको व्याख्या गरिएको छ ।

पुरुषको स्वभाव थाहा पाउन सकिने सजिलो उपाए :

नाकको अगाडिको भाग टेढो : उसलाई पैसाको समस्या कहिलैपनि हुँदैन । उसले सहजै र सुखपूर्वक नै आफ्नो जीवन चलाउन सक्छ ।

सुगाको जस्तो चुच्चो नाक : त्यस्तो पुरुष जीवनमा हरेक प्रकारको सुख र समृद्धि भोग्ने मन भएको हुन्छ । उसको जीवनमा उसको चाहाना अनुसारको समृद्धि पनि हुन्छ र दुख कम हुन्छ ।

नाक सुरुदेखि अन्तिमसम्म एउटै प्रकारको : । त्यस्ता मानिस धेरै बुद्धिमान र अरुको लागि प्रेरणाको स्रोत बन्ने गर्छन् ।

छोटो नाक : छोटो नाक भएका मानिसहरु धार्मिक प्रवृत्तिवाला हुन्छ ।

नाक लामो र तलसम्म झुकेका : नाक लामो र तलसम्म झुकेका मान्छेहरु अरुको कुरा नसुन्ने र आफ्नो मात्रै कुरा सुन्ने गर्दछन्।जसले जे भनेर सम्झाओस् उनीहरुलाई केही फरक पर्दैन ।

नाकको टुप्पो केही फराकिलो: यस्तो केटा आफूमाथि आएका समस्यालाई नयाँ तरिकाबाट समाधान गर्ने प्रयास गर्ने स्वभावको हुन्छ । यिनीहरुको भित्र गजबको जिज्ञाशा हुन्छ ।

लामो नाक: यस्तो नाक भएका मानिसलाई कसैले पनि आफ्नो बसमा दबाएर राख्न मुस्किल हुने गर्दछ । ती मान्छेसँग केही काम लिनु छ भने त्यो मान्छेको प्राथमिकतामा अर्को मान्छे पर्नु जरुरी हुन्छ । अन्यथा ती मानिसहरु आफू सधैं स्वतन्त्र जीवन जिउनुमा विश्वास राख्छन् ।

लहरदार नाक : सधैंभरी हाँसिमजाक मात्रै गर्ने र उत्साही स्वभावका हुन्छन् । यस्ता मानिसहरु एकदमै कम मात्रै हुने गरेका छन् । यस्तो नाक भएका मानिससँग धेरैको मित्रता पनि जोडिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।