0 COMMENTS

 मिलन चाम्लीङ,धरान२६फागुन०७४/“बहुभाषिक शिक्षा नितिलाई विश्वविद्यालय तहसम्म ब्याबहारिक कार्यनयन लागि हाम्रो आन्दोलन” भन्ने मुल नाराका साथ नेपाल विद्यार्थी मञ्चले हिजाे देखी धरानमा शुरू भएकाे चौथो राष्ट्रिय महाधिवेशन अाज नयाँ ३१ कार्यसमितिकाे चयन गर्दै समापन  भएको छ भने नेपाल बिद्यार्थी मञ्चमा अध्यक्ष पुनः पुर्णबहादुर राना नै दोहोरिएको छ।
नेपाल बिद्यार्थी मञ्चको नयाँ कार्यसमिति निम्न रहेको छ
अध्यक्ष पुर्ण बहादुर राना, वरिष्ठ सह अध्यक्ष प्रेमद्दोज गाहा, सह अध्यक्ष प्रबेग हाङसङ, वरिष्ठ उपाध्यक्ष रणबिर आङबुहाङ, उपाध्यक्ष कनिज थापा मगर,प्रीयंका खनाल,संयोग योङ्या,सचिन थापा, महासचिवमा प्रदिप नयोङ, उप महासचिवमा नगेन्द्र निर्मल,तागेरा लाबुङ,कोषाध्यक्ष राजेन पेधाक, सदस्यहरु गोपाल लिम्बू,सागर बराल,बिजया राना,अन्जिता नेम्वाङ,रोशन लिम्बु,कोपिला चेम्जोङ,राजिब योङहाङ,बाईस कुमार राई,प्रकाश राना,मन्जु राना मगर,टार्जन राजकोटी,युविना लिम्बु,कविता लिम्बू,उर्मिला साम्पाङ राई,कमल थापा,निलम गुरुङ,सन्जिब मग्राती,अनुप राना मगर,र शादेस मगर समितिमा छ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै राष्ट्रिय जनमुक्ति मोर्चाको अध्यक्ष केपी पालुङ्वाले नयाँ कार्यसमितिले हरेक बिद्यार्थीमा बहुभाषिक शिक्षा निति कार्यनयनमा ल्याउन सफल रहनुपर्ने कुरा उल्लेख गर्नु भएको छ।नवनिर्वाचित नेपाल विद्यार्थी मञ्चको कार्यसमितिलाई बधाई दिदै राष्ट्रिय जनमुक्ति मोर्चा कै सचीव दिनेश चेम्जोङले विद्यार्थीहरुको हकहितको लागि सधै लागि पर्न सुझाव सहित बहुभाषिक शिक्षा निति कार्यनयनमा ल्याउनु जोड दिन समेत अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।