0 COMMENTS

काठमाण्डाै २४फागुन०७४/ सामुदायिक सेवा केन्द्र बुढानिलकण्ठ ,महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ ,बुढानिलकण्ठ नगरपालीका भित्रका बिभिन्न महिला संजालहरुको संयुक्त आयोजनमा आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा शहरी महिलाको जीवन स्तर रुपान्तरण भन्ने नाराको साथ अाज १०८ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा र्याली तथा सार्बजनिक सुनुवाई कार्यक्रम समापन भएको छ |

बुढानिलकण्ठ नगरपालिका भित्र रहेका बिभिन्न महिला समूहहरुका उपस्थित रहेको औपचारिक कार्यक्रम सामुदायिक सेवा केन्द्र बुढानिलकण्ठका अध्यक्ष उत्तम कुमार खड्काकाे सभापतित्वमा  कार्यक्रम संचालन गरिएको थियो |

महानगरीय प्रहरी परिसरका प्रहरी बरिष्ठ उपरिक्षक विश्वराज पोखरेल प्रमुख अतिथ्यता रहेकाे उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत लिला अधिकारी,सामुदायिक सेवा केन्द्र बाँसबारीका अध्यक्ष रमेश कुमार खड्का ,महानगरिय प्रहरि प्रभाग बूढानिलकष्ठका प्रमुख शेर बहादुर चन्द ,नारायणथान व्यस्थापन समितीका अध्यक्ष सकुल शाह साथै बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरुको समेत उपस्थिथति रहेको कार्यक्रममा बिभिन्न कविता बक्तित्वकला ,हास्यब्यंग,लगायतको प्रस्तुति समेत रहेको थियो |

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।