0 COMMENTS

रुकुम, २२ फागुन ०७४/ रुकुम पश्चिममा सोमबार फेला परेको बाल्टिन बम आज नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

जिल्लाको चौरजहारी नगरपालिका–१० मा सिँचाइको नहर (कुलो) खन्दा फेला परेको बाल्टिन बम आज दिउँसो १२ः३० बजे नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

बमलाई सोमबार नै निस्क्रिय पार्ने भनिए पनि अफ्ठेरो ठाउँमा भएकाले आज दिउँसो मात्र निष्क्रिय पारिएको बताएको छ । सोमबार दिउँसो ३ बजे फेला परेको बमलाई आज दिउँसो १२ बजेसम्म प्रहरी चौकी सर्केनाले सुरक्षा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।