0 COMMENTS
मिलन चाम्लीङ, धरान,२२फागुन०७४/ रंगभुमी एकेडेमीले बिगत ६बर्ष देखि धरानलाई आधारभुमी बनाएर कला कलाका लागि मात्र ठान्ने प्रवृती र चिन्तन ग्रसित बिचारहरुलाई निरुत्साहित गर्न कला,संगित,अभिनय र नाटक क्षेत्रमा माटो सुहाउँदो समय सापेक्ष कलाको बिकास गर्न कलाको माध्यमद्दारा समाजलाई अग्रगती दिने र रुपान्तरणसहित अगाडी लम्काउने उदेश्य सहित गर्दै विविध समस्या बाबजुद फुल्न र र फक्रीन नपाइ छरिएर रहेको हरेक खालको प्रतिभालाई पहिचान गर्दै अबसर प्रदान गर्ने प्रतिभाशाली सचेत ब्यातित्व र कलाकार जन्माउन विभिन्न खाले प्रशिक्षण दिदै समय अनुसार व्याक्तिव बिकास साथै अन्य प्रशिक्षण समेत प्रदान गर्दै प्रशिक्षित व्यात्ति ,कलाकार स्रठा राष्ट्रको सम्पत्ति हुन।
हरहमेशा युग र समाज रुपान्तरणका बिषयमा खर्च हुनुपर्छ भनेर बद्लिदो समय र परिबेश्ले समाजमा लगाएको कालोधब्बा र हरेक शासन प्रणालीले हटाउन नसकेको असामाजिक मनोवृत्तिलाई हटाउदै समाज रुपान्तरण जोड दिदै सकारात्मक कुराको र नेपाली मौलिक संस्कृतिको संरक्षण कलाको माध्यमबाट समाजलाई सचेत निम्ति प्रतिबद्ध निरन्तर क्रीयाशिल संस्था हो।
कुरिती कुसंस्कारका विरुद्ध रंगमञ्चको माध्यमबाट चोटिलो प्रहार गरि अग्रगमनको दिशामा समाजलाई डोर्‍याउने उदेश्यका साथ सामाजिक नाटक इङघङ मिति २०७४ माघ ९ गतेदेखि १६ गतेसम्म भब्यताको साथ मन्चन भएको अवगत गराउदै पुन मन्चनको लागि आम दर्शक तथा संघसंस्थाहरुबाट माग भइ आएको र धरानमा साहित्य साँस्कृतिक तथा रंगमञ्च क्षेत्रका बिकासका लागि एउटा नाटक घर गरि त्यसलाई ब्याबस्थित रुपबाट संचालन गर्न आबश्यक देखिएकोले नाटकघर निर्माण अभियानलाई ठोस टेवा पुर्‍याउने उदेश्याले आम दर्शक तथा संघसंस्थाको मागलाई समेत ध्यानमा राखी यहि मिती २०७४ फाल्गुन २७ गतेदेखि चैत्र ११ गतेसम्म नाटकघर निर्माणको लागि सहयोग जुटाउन पुन मन्चन गर्ने पत्रकार सम्मेलन गर्दै बिष्णु मोत्तानले जानकारी दिनु भयो। उहाले नै मन्चन्को उदेश्य पनि निम्न रहेको उल्लेख गर्नु भएको छ।
१ युगौदेखी चिसो हिम निद्रामा सुतेको र सुतेको नक्कल गर्ने हरेक गाउबस्ती र शहरलाई नाटकको माध्यम द्दारा सजक र सचेत बनाउने
२ हाम्रो समाजमा वर्तमान कला क्षेत्रमा मौलाएको पस्चिमा छाडा सस्कृतिको अन्त्य र आफ्नो मौलिक सँस्कृतिको जगेर्ना र संरक्षण गर्नु।
३ हाम्रो समाजको आँखा,मन,मस्तिष्क र गरिने व्यबहार जो छुवाछूत अन्धविश्वास र अशिक्षाको कारणले समाजमा पुग्ने असर र हुने क्षतिबाट जोगाउन सचेत गराउन
४ कला वा नाटकद्दारा आमनागरिकमा समाजिक ,आर्थिक,राजनैतिक,सास्कृतिक र व्यावसायिक चेतनाको दियो जलाउदै कुरुप र गलत सास्क्रुतिका बिरोधमा सत्य र सापट बाटो निरन्तर संकेत गर्नु।
५ कलालाई व्यावसायिक बनाउदै कलाको माध्याममार्फत आत्मनिर्भरता सिर्जना गर्नु र
६ स्वास्थ्य,शिक्षा,खेलकुद,कला संस्कृति र साहित्यको पुर्वाधारयुक्त नगरि निर्माण गर्ने क्रममा रंगमञ्चको क्षेत्रलाई ठोस टेवा पुर्‍याउन धरान नाटक घर निर्माणका लागि सक्दो स्रोत जुटाउनु र अपेक्षा निम्न रहेको कुरा पनि उल्लेख गर्नु भयो।
 
१ आम धरानवासिहरुबाट नाटक अवोलक्न र सकारात्मक सुझाव
२ नाट्कले निर्देश गरेको अग्रगमनको बाटो जीवन व्यावहार अवल्म्बन
३ मञ्चन भब्य रुपमा सफल पार्नका लागि धरानका सबै सरोकारवाला पक्ष,उधमी,व्यापारी ,व्यावसायी,राजनैतिक व्याक्तित्वहरु तथा देश बिदेशमा रहनु भएका लब्ध प्रतिष्ठित व्याक्तित्वहरुबाट भौतिक,नैतिक तथा आर्थिक सहयोग
४ सञ्चारकर्मी मित्रहरुबाट सल्लाह सुझाव तथा मार्गदर्शन सहित सघन सकारात्मक सञ्चार प्रभाह
५ साहित्य तथा रंगमञ्चको बिकासका लागि धरानमा नाटक घर निर्माणका लागि सबैको एक मतपुर्ण प्रतिबद्धता र सहयोग अपेक्षा गरेको निर्देशक बिष्णु मोक्तानले पत्रकार सम्मेलनमा नै जानकारी दिनु भयो। नाटक इङघङ यहि फाल्गुन २७ गतेदेखि चैत ११ गतेसम्म हरेक दिन बेलुका ४:३० बजे र अतिरिक्त शो बिहान ८ बजे र दिउँसो १२ बजे मन्चन हुनेछ ।नाटक इङघङमा बिष्णु मोक्तान,कुमारी राई,तुलसा थापा हरि लिम्बू प्रेसिका निरौला दिपेन्द्र सिं दर्नाल गेबि लिम्बू उदिप लिम्बु निश्चल राई संकर थापा सोनाम मगर र बिग्रोल मिलन चाम्लिङको अभिनय रहेको छ। नाटक लेखन तथा निर्देशन बिष्णु मोक्तानले गरेको हुन।
 
 
 
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।